Loading... आजः शनिबार, कार्तिक ८, २०७७

यसरी नचाए गायक जय देवकोटाले जाजरकोटीलाई (फोटो फिचर र भिडियो सहित)

जाजरकोट । जाजरकोटको खलंगामा जारी जाजरकोट महोत्सव, कृषि ब्यापार तथा पर्यटन मेला २०७४ आज पाँचौ दिन कलाकारहरुले जाजरकोट तताएका छन् ।

चर्चित लोक दोहोरी गायक जय देवकोटाले विभिन्न आफ्ना चर्चित गितहरु बाजेका पालामा, हे बड्डा, सुन्देउ बगालौ गाएर दर्शकहरुलाई मनोरञ्जन दिए । लोक दोहोरी गायक देवकोटाले गित गाँउदा हजारौका सख्ङ्यामा रहेका युवा युवती तथा वृद्धवृद्धाहरुले नाचेर साथ दिएका थिए । महोत्सवमा लोक गायक दिपु मगर र शुशिला गौतमले पनि दर्शकहरुलाई छमछमी नचाएका थिए ।

यस्तै स्थानिय कलाकारहरुले पनि आफ्ना कला प्रस्तुत गरेका थिए ।

यहि १२ गतेबाट शुरु भएको महोत्सव भोली (सोमबार) समापन हुने आयोजकले जनाएको छ ।


ताजा समाचार