Loading... आजः शुक्रबार, कार्तिक ७, २०७७

प्रदेश स्तरिय भलिबल प्रतियोगिताको उपाधी ज्वाला दल गणलाई

जाजरकोट । जाजरकोटमा संचालित प्रदेश स्तरिय भलिबल प्रतियोगिताको उपाधी ज्वाला दल गण जाजरकोटले जितेको छ ।

आइतबार सम्पन्न फाइनल खेलमा न्यु रुकमेली उमंग ज्वैलर्सलाइ हराउँदै प्रतियोगिताको उपाधी ज्वाला दल गणले जितेको हो । उमंग ज्वैलर्सलाइ २५-१७, २५-२२ र २५-२३ अंकले हराउँदै नेपाली सेनाको टोलीले उपाधी जितेको हो ।

लगातार २ सेट जितेको सेनाले एक सेट हारेपछी खेल निकै रोमान्चक बनेको थियो । उलाधी जितेको सेनाको टोलिले एक लाख रुपैयाँ पुरस्कार पाएको छ । त्यस्तै सेना संग हारेको ज्वैलर्सले ५० हजारमा चित्त बुझाएको छ । त्यस्तै तेस्रो भएको तिलक ज्वैलर्सले २५ हजार पुरस्कार पाएको छ । दोस्रो जाजरकोट महोत्सव: कृषि ब्यापार तथा पर्यटन मेलाको अबसरमा बुधबार देखि खलंगामा प्रतियोगिता संचालन गरिएको थियो ।

प्रतियोगिता निकै ब्यबस्थित र भब्यरुपमा सम्पन्न भएको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष नर बहादुर बस्नेत (एन.बि) ले बताए ।

प्रतियोगितामा १२ टिमले सहभागीता जनाएको खेलकुदका कार्यालय प्रमुख जयप्रसाद आचर्यले जानकारि दिए । खेल जिल्ला खेलकुद बिकास समिती जाजरकोटको आयोजनामा सम्पन्न भएको हो ।


ताजा समाचार