Loading... आजः मङ्लबार, मंसिर १६, २०७७
Trending

धित मरुन्जेल नचाए गायक नविन पौडेल र शक्ति चन्दले जाजरकोटी दर्शकलाई

जाजरकोट । जाजरकोटको खलंगामा जारी महोत्सवमा गायक नवीन पौडेल र शक्ति चन्दले हजारौँ  दर्शकलाई धित मरुन्जेल नचाएका छन् ।

श्रोता दर्शकको भावनाअनुसारका गीत गाउन र उपस्थित दर्शकलाई होल्ड गर्न सक्ने खुबी भएका पौडेलले आफ्ना चर्चीत गीत गाएर भरपुर मनोरन्जन प्रदान गरेका हुन् ।

जाजरकोटमा दोस्रो चोटि आयोजना गरिएको महोत्सवमा अहिलेका निकै चर्चीत गायक पौडेलले भर्खरै बजारमा आएको  चर्चीत गीत ‘फुलेको तोरीलाइ बैँश आकि छोरीलाई जोगाउनै गाह्रो’ प्रस्तुत गर्दा दर्शक दिर्घाबाट हुटिङ तथा तालीको गडगडाहटले स्वागत गरेका थिए । उनले ‘बैनी कति जाती पानी माग्दा मैदिनी एक्लै हुदा सैदिनी, हरेक जातजाती छौ नानाथरी, यस्तै हुन्छ भन्ने भा’ लगायतका गीतहरु प्रस्तुत गरेका थिए ।

त्यस्तै मध्य पश्चिका अर्का चर्चित गायक शक्ति चन्दले पनि ‘मै रुन्छु सानु भुल्दै भुल्दै जाउ, रानापुत्ले गाईका एउटा बाछा एउटा बाछि, स्यानो भाईको भोटो, गलगोटे’ लगायतका गितले दर्शकहरुलाई मनोरञ्जन दिए । लोक गायक चन्दले गित गाउदा हजारौका सख्ङ्यामा रहेका युवा युवती मात्र नभएर वृद्धवृद्धाले समेत नाचेर साथ दिएका थिए ।

त्यसैगरी महोत्सवको चौथो दिनका मुख्य कलाकार नवीन पौडेल, शक्ति चन्दलाई अन्य स्थानिय कलाकारले साथ दिएका थिए भने स्थानीय झाँकी सिंगारु नाँच पनि प्रस्तुत गरिएको थियो ।

मोहत्सव पुस १६ गते सम्म सञ्चालन हुने मुल आयोजक समितिले जानकारी दिएको छ ।


ताजा समाचार