Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताका लागी प्याब्सन, एनप्याब्सन तथा क्रिसासगँ अन्तक्रिया

कोहलपुर । मध्यपश्चिम क्रिकेट क्लबले आगामी माघको पहिलो सातादेखी अन्तर स्कुल जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता संचालन गर्ने भएको  छ ।

प्रतियोगितामा जिल्लाका सबै विद्यालयहरुको सक्रिय सहभागीताका लागि प्याब्सन, एनप्याब्सन तथा क्रिसा लगाएतका शिक्षासँग सम्बन्धित निकायसँग शुक्रबार अन्तरक्रिया गरिएको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै क्रिसा बाँकेका अध्यक्ष दिनेश सिग्देलले विद्यालय स्तरबाटै खेलाडी उत्पादनकालागी प्रयास गरेको भन्दै क्लबलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले विद्यार्थीहरुको अन्तरनिहित क्षमता प्रस्फुटन गराउन यस प्रतियोगिताले निकै महत्वपूर्ण भुमिका निर्वाह गर्नेमा आश्वस्त रहेको बताए ।

त्यस्तै अन्तरक्रिया कार्यक्रममा बोल्दै एनप्याब्सन बाँकेका प्रतिनिधी बेगप्रकाश चन्दले स्थानिय स्तरबाटै खेलाडी उत्पादनकालागी खेल प्रतियोगिताहरुको महत्पूर्ण भुमिका रहेको बताएका थिए । उनले मध्यपश्चिम क्रिकेट क्लबले क्षेत्रमै क्रिकेट खेलको विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको भन्दै आभार समेत ब्यक्त गरेका थिए ।

बिगतमा समेत जिल्ला तथा क्षेत्रीय स्तरका प्रतियोगिताहरु संचालन गर्दै आएको क्लबले बुम रेमिटको मुख्य प्रायोजनमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता संचालन गर्न गईरहेको क्लबका अध्यक्ष दिपेन्द्र थापाले जानकारी दिए ।

गत वर्ष प्रथम अन्तर स्कुल क्रिकेट रनिङ्शिल्ड प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको क्लबले दोस्रो संस्करणको रुपमा प्रतियोगिता संचालन गर्न गईरहेको हो । प्रतियोगितामा जिल्लास्थित  १६ वटा टिमलाई सहभागी गराईन बताईएको छ ।

प्रतियोगिताका साथसाथै महिलाहरुलाई समेत क्रिकेट खेलप्रती जागरुक गराउने उद्धेश्यले विद्यालयहरुमा प्रशिक्षक क्याम्प संचालन गर्ने तयारी गरिरहेको प्रतियोगिता निर्देशक तथा नेपाली क्रिकेट टिमका पूर्व राष्ट्रिय कप्तान लेखबहादुर क्षेत्रीले बताए ।

क्रिकेट खेलप्रतीको रुचीलाई मध्यनजर गर्दै यहि पुष २१ गते देखी जिल्लास्थित विद्यालयका  खेल शिक्षकहरुलाई एक दिने
अभिमुखिकरण तालिम समेत सन्चालन गरिने क्लबका उपाध्यक्ष संगिन शर्माले जानकारी दिए ।


ताजा समाचार