Loading... आजः बुधबार, कार्तिक १२, २०७७

जाजरकोट महोत्सवमा सरस्वतीले देखाईन, बद्रिले रुवाए ( फोटो फिचर)

पवन शर्मा
जाजरकोट । जाजरकोटमा जारी जाजरकोट महोत्सव, कृषि ब्यापार तथा पर्यटन मेला २०७४ को तेस्रो दिन शुक्रबार जनगायक बद्रि पंगेनीले दर्शक रुवाएका छन । जन गायकको रुपमा स्थापित बद्रि पंगेनीले जब गित गाउन सुरु गरे दर्शकदिर्घामा रहेका बृद्ध महिलाहरुको आँखा रसाउन थाल्यो । उनले “यसपाली नि आउन पाउँदिन आमा” भन्दै गित गाएपछि अधिकाशं आमाहरुको आँखा रसाएको महशुस गर्न सकिन्थ्यो। दर्शक दिर्घामै पुगेका गायक पंगेनीले बृद्ध आमाहरुसँग बसेर केहीबेर गित समेत गाएका थिए ।

दर्शक रुवाउँदै बद्रीले अन्य चर्चित गितहरु समेत गाएका थिए । बिरहका गितद्धारा आमाहरुलाई रुन बाध्य पारेका उनले मायाप्रितीका गितबाट युवापुस्तालाई समेत मनोरञ्जन प्रदान गरेका थिए ।

महोत्सवमै सहभागी हुन जाजरकोट आएकी अर्की हट गायिका सरस्वती लामाले शुक्रबार खुलेरै प्रस्तुती दिएकी थिईन । निकै कामुक मुद्रामा प्रस्तुत भएकी सरस्वतीले समय अनुसार परिवर्तन हुनुपर्ने भएकाले आफुले त्यस्तै प्रकारका गित गाउने बताउँदै आफ्नो पछिल्लो समय युवा पुस्ताको चर्चित गितबाट युवाहरुलाई मनोरञ्जन प्रदान गरेकी थिईन ।

निकै कामुक पहिरनमा देखापरेकी सरस्वतीले स्टेजमा गितसँगसँगै अंग प्रदर्शन गरेकी थिईन । कार्यक्रममा सहभागी हुन आएका बृद्धबृद्धाहरुले समेत सरस्वतीको प्रस्तुतीलाई निकै चाख मानेर अवलोकन गरेका थिए । उत्ताउलो शैलिकै कारण पछिल्लो समय चर्चामा आएकि सरस्वतीले जाजरकोट महोत्सवमा थप रौनकता प्रदान गरेकी थिईन ।

त्यसैगरी महोत्सवको तेश्रो दिनका मुख्य कलाकार बद्री पंगेनी, सरस्वती लामालाई लोकदोहरी गायक राजु सोनाम, बलु आसी, रुपा दर्लामी, रुवी सिंजाली मगरले साथ दिएका थिए भने स्थानीय झाँकी सिंगारु नाँच पनि प्रस्तुत गरिएको थियो ।

यसैबिच महोत्सवको चौथो दिन शनिवार लोक दोहरी गायक नविन पौडेल, शक्ति चन्द, जय देवकोटा, दीपाशा बिसी लगाएतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले नजाएको छ । मोहत्सव पुस १६ गते सम्म सञ्चालन हुने मुल आयोजक समितिले जानकारी दिएको छ ।


ताजा समाचार