Loading... आजः मङ्लबार, मंसिर १६, २०७७
Trending

नगर प्रमुख घर्तीद्वारा प्रथम मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगीता उद्घाटन


जाजरकोट ।  भेरी नगरपालिका जाजरकोटका नगर प्रमुख चन्द्र प्रकाश घर्तीले सदरमुकाम खलंगामा प्रथम मेयर कप खुल्ला ब्याडमिन्टन खेल बुधबार उद्घाटन गरेका छन ।

दोस्रो जाजरकोट महोत्सव कृषि, पर्यटन तथा ब्यापार मेलाको आयोजनाको अवसर पारी खलंगा स्थित जिल्ला कारागारको कोर्टमा उद्घाटन गरेका हुन । नगरप्रमुख घर्तीले भेरी नगरपालिकाको समग्र खेलकुद जगतको स्वर्णिम भविष्यका लागि आफूले सक्दो सकारात्मक सहयोग गर्ने बताएका छन् ।

बुधबार सम्पन्न डबल तर्फ समुह क अन्तर्गत दिपक चन्द र लोड राज शाहि र भेरी नगरपालिकाका चन्द्र प्रकाश घर्ती र डम्वर बिष्ट लगाएतको प्रतिस्पर्धा भएको थियो जसमा भेरी नगरपालिकाका चन्द्र प्रकाश घर्ती र डम्वर बिष्टको जोडीले बिजय हासिल गरेका थिए ।

समुह ख अन्तर्गत जिल्ला प्रहरि कार्यालय जाजरकोटका राम कुमार चौधरी र बिक्रम बुढाथोकी तथा इप्रका दल्ली राम सिंह भण्डारी र नर बहादुर रानाको जोडि बिच भएको प्रतिसप्रधामा राम कुमार चौधरि र बिक्रम बुढाथोकिको जोडी बिजय भएको थियो ।

जुनिचाँदे गाउँपालिका जनक भडेल र राजु भडेल तथा चौहजहारीका राम के सि र लेद राना बिच भएको प्रतिस्पर्धामा जुनिचाँदे गाउँपालिका जनक भडेल र राजु भडेलको जोडी बिजय भएका थियो ।

उक्त प्रतियोगीतामा १४ वटा समुहले भाग लिएका छन् जसको प्रथम हुनेले १२ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ८ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
कार्यक्रम भेरि नगरपालिकाको आयोजनामा सञ्चालन हुने आयोजकले बताएको छ । कार्यक्रम १६ गते सम्म सञ्चालन हुने छ ।


ताजा समाचार