Loading... आजः बुधबार, कार्तिक ५, २०७७

भैरहवाद्धारा विराटनगरलाई १२८ रनको लक्ष्य (हेर्नुहोस लाईभ भिडियो)

काठमाडौं । एभरेस्ट प्रिमियर लिग (इपिएल) को पहिलो क्वालिफायरमा भैरहवा ग्लाडिएटरले विराटनगर वारियर्सलाई १ सय २८ रनको लक्ष्य दिएको छ

टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन जोड्यो ।

जसका लागि पुनित मिश्राले ४९ रन बनाए भने आरिफ शेखले ४६ रन बनाए । शेखले पुनित मिश्रासँग पाँचौ विकेटका लागि ८२ रनको साझेदारी गरे । एक समय ४ विकेट गुमाउदा २७ रन जोडेको भैरहवाको इनिङ आरिफ र पुनितले उकासेका थिए ।

खराब सुरुवात भैरहवाका ओपनर भुपेन्द्र थापा २ रनमै आउट भए । उनका ओपनिङ पार्टनर राहुल यादव ७ रनमै पेभिलियन फर्केपछि भैरहवाले छैटौ ओभरमा २ विकेट गुमाएको थियो । कप्तान शरद भेषावकर पनि ८ रनमा आउट भए भने रोहितकुमार पौडेल ६ रन बनाएर खेलिरहदा सहान अदिसाबाट बोल्ड भए । प्रथम सालुके ३ रनमा आउट भए ।

बलिङतर्फ विराटनगरका सहान र करण केसीले २/२ विकेट लिए। पारस खड्का बसन्त रेग्मी र अभिनास कर्णले १/१ विकेट लिए ।

https://www.youtube.com/watch?v=1DARH4QC4dA


ताजा समाचार