Loading... आजः बुधबार, कार्तिक ५, २०७७

जाजरकोट महोत्सवको सम्पुर्ण तयारी पुरा

जाजरकोट । “दोस्रो जाजरकोट महोत्सव कृषि, पर्यटन तथा ब्यापार मेला–२०७४” को तयारी पुरा भएको छ ।

“कला, संस्कृति, पर्यटन, कृषि उत्पादन र व्यवसायीकरण हाम्रो अभियान आत्मनिर्भर, स्वाभिमान र समुन्नत जाजरकोटको निर्माण ” भन्ने नाराका साथ उद्योग वाणिज्य संघ जाजरकोटको आयोजना हुन लागेको महोत्सवको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

जाजरकोटको खलंगामा भोली देखि ५ दिनसम्म चल्ने महोत्सवमा स्थानिय मौलिक कलासंस्कृति संगै बिभिन्न झाँकिहरु प्रर्दशन गरिने छ । महोत्सवमा राष्ट्रिय स्तरका चिर्चित लोकदोहोरी गायक बद्री पंगेनी, प्रिति आले, नविन पौडेल, राजु सोनाम लगायत स्थानिक कलाकारहरुको बेजोड संस्कृतिक प्रस्तुति रहने मुल सचिवालय समितिका संयोजक कमान बहादुर खड्काले जानकारी दिनु भयो ।

महोत्सवमा आयोजन गर्न सवैको सहयोग पाएको वताउदै अव महोत्सव अवलोकन गर्न सवै आउन आग्रह गर्नुभएको छ । गेट निर्माण, वाल निर्माण, स्टेज निर्माण, स्टल निर्माणको सवै काम पुरा भएको खड्काले वताउनुभयो ।

स्थानिय कृषि, पर्यटन तथा व्यापारलाई प्रचार प्रसार र प्रर्वद्धन गर्ने उद्देश्यले महोत्सको आयोजना गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष कर्ण बहादुर खत्रीले जानकारी दिनु भयो ।

महोत्सवमा ५० हजारले अबलोकन गर्ने आयोजकले जनाएको छ ।


ताजा समाचार