Loading... आजः आइतवार, मंसिर १४, २०७७
Trending

शान्ति तथा सद्भाव अभिमुखिकरण कार्यक्रम सम्पन्न


जाजरकोट । युवा तथा वालवालिका सशक्तिकरण परियोजना अन्र्तगत शान्ति तथा सद्भाव सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सोमवार सम्पन्न भएको छ । अष्ट्रेलियन एड,कारितास अष्ट्रेलिया ,कारितास नेपालको आर्थिक सहयोगमा युवा जागरण विकास केन्द्र नेपाल (यार्सन) जाजरकोट द्धारा संचालित परिपयोजना अन्र्तगत कार्यक्रम सम्पन्न भएको हो ।

युवा तथा वालवालिका सशक्तिकरण परियोजना” अन्तरगत गठीत वाल क्लवका सदस्य, श्रोत शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुका लागीे भेरीमालीका नगरपालीका २ स्थीत श्री शंकर भवन मा.वि. वाहुनथानमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।

विद्यालयमा गठीत शिद्धपाइला शान्ति वाल क्लवका सदस्यहरु ,श्रोत शिक्षक, र विद्यायालय व्यवस्थापन समितिका पदाधिकारीहरु, वडा नं २ का वडाध्यक्ष गरी ४० जनाको सहभागीता रहेको अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रममा यार्सनका जिल्ला कार्यक्रम प्रवन्धक सहदेव बस्नेतले शान्ति र सद्भाव को समुदाय तथा विद्यालयमा आवस्यकता, वर्तमान अवस्था मा विद्यालय तथा समुदायमा द्धन्द श्रीजना हुनका कारणहरु, मेलमीलापको लागी विद्यालय व्यवस्थापन समिति, शिक्षक, वडा प्रतिनिधि, वाल क्लवले खेल्नुपर्ने भुमीकाका वारेमा सहभागीहरुलाइ अन्तरक्रियात्मक छलफल चलाउनु भएको थीयो ।

साथै वाल अधिकार, वाल संरक्षण, वाल अधिकारका क्षेत्र, वालमैत्री विद्या्यालयको अवधारणा, वाल क्लवको भुमीका, वालमैत्री विद्या्यालयको लागी विद्यालय व्यवस्थापन समितिले खेल्नुपर्ने भुमीका, विद्यालयमा पुस्तकालय व्यवस्थापन आदीको विषयमा सहजीकरण गर्नु भएको थीयो ।

परीयोजना अन्तरगर्त विद्यालयमा सन्चालन गरीएका कार्यक्रम र त्यसले विद्यालय तथा वाल क्लवमा पारेको प्रभावका वारेमा विद्यालयका प्र.अ. हर्क वहादुर खड्का, वडा नागरीक मन्चका अध्यक्ष चन्द्र वहादुर विक, युवा क्लवका अध्यक्ष दल वहादुर पुन र वाल क्लवको तर्फवाट शक्ति खड्का र कविता वि.क.ले आ–आफ्नो अनुभव प्रस्तुत गर्नु भएको थीयो ।

कार्यक्रममा विद्यालयका श्रोत शीक्षक पदम वहादुर खत्रीले संस्थाले विद्यालयमा वाल क्लवको माद्यमवाट क्रयाकलाप सन्चालन गरी गरीरहेको सहयोग प्रति धन्यवाद व्यक्त गर्दै सवैको सामुहीक प्रयास वाट मात्रै हामीले वाल अधिकार का सवालहरुलाइ पुरा गर्ना सकीन भन्दै विद्यालयमा आफुहरु वाल संरक्षण तथा विद्यालय शान्ति र मेलमीलापको वातावरण निर्माण गर्न लागी सामुहीक रुपमा प्रतिवद्धता रहेको भनाइ राख्नुभएको थीयो ।

त्यसै गरी कार्यक्रममा वडा नं २ का वडाध्यक्ष काली वहादुर वली ले ले विद्यालयमा आयोजना भएको यस्ता खाले कार्यक्रम ले वालवालीका, वि.व्य.स. र शिक्षकहरुको क्षमता अभिवृद्यी गर्ने भएकाले यस कार्यक्रममा सीकेका कुराहरुलाइ व्यवहारमा उतार्नको लागी सवैलाइ आग्रह गर्नु भएको थीयो । साथै उहाँले आफुले वडा कार्यालयको तर्फवाट वाल क्लवको क्षमता अभिवृद्यी र पुस्तकालयको लागी सक्दो सहयोग गर्ने प्रतिवद्यता समेत गर्नु भएको छ ।

कार्यक्रममा युवा जागरण विकास केन्द्र नेपाल (यार्सन) जाजरकोटले तयार पारेको वाल संरक्षण निति र पुस्तकालय सन्चालन तथा व्यवस्थापन निती समेत वाल क्लवलाई हस्तान्तरण गरीएको छ ।


ताजा समाचार