यी हुन ६ नम्बर प्रदेशमा एमालेका समानुपातिक सांसद (नामवाली सहित)

जाजरकोट । नेकपा एमालेले ६ नम्बर प्रदेशमा आफुले प्राप्ता गरेका समानुपातिकका ६ सांसदहरुको टुंगो लगाएको छ । यस प्रदेशमा प्रत्यक्षमा एमालेको कोही पनि महिला नउठाएकाले समानुपातिकमा ६ वटै महिलालाई सांसद बनाएको छ ।
प्रदेश शभाका कुल १६ समानुपातिक सांसदमा पहिलो दल बनेको एमालेले ६ सांसद प्राप्त गरेको छ । नेकपा एमाले जाजरकोटकी नेतृ तथा प्रदेशकमिटि सदस्य कौशिलावती खत्री शाही पनि समानुपातिक संसद बनेकी छन् ।
खसआर्यबाट चार जना महिलाहरु सांसद बन्दैछन् ।
१. कौशिलावाती खत्री– जाजरकोट
२. बदमीक्वारी बोहरा– डोल्पा
३. पद्मा खड्का– सुर्खेत
४. देवी ओली– रुकुम पश्चिम
त्यस्तै दलिबाट एक जना सांसद बन्दैछन् ।
५. शारदा दमै–सल्यान
जनजातीबाट पनि एक जना सांसद बन्दैछन् ।
६. मीनासिंह रखाल– दैलेख