Loading... आजः शुक्रबार, अशोज १, २०७८

कालिकोट घटनाको छानविन टोलीद्धारा स्थलगत अध्ययन सुरु


काठमाडौं । कालीकोटमा मारिएका म्यादी प्रहरीको घटनाको छानविन गर्न गठित छानविन टोली सदरमुकाम मान्मा पुगेको छ । प्रहरीको गोली लागेर मृत्यु भएका म्यादी प्रहरी विवेक ऐरी घटनाको छानबिन गर्न सरकारले गठन गरेको केन्द्रीय टोली शोमवार सदरमुकाम मान्म पुगेको हो ।

उक्त टोलीले सोमवार आज नै स्थानिय दलहरु संग सर्वदलिय बैठक बस्ने जनाइएको छ । घटनाको छानविन गर्न अध्ययन गर्ने छ । म्यादी प्रहरी ऐरीको मृत्यु पछि स्थानीयले प्रर्दशन गरेपछि प्रशासनले कालिकोटमा शनिवारदेखि कफ्र्यु लगाएको थियो ।

कर्फ्यु सोमबार बिहानदेखि हटाइएको छ । उक्त घटनाले तीन दिनदेखि अशान्त बनेको कालिकोटको जनजीवन आज सामान्य बनेको छ ।


ताजा समाचार