Loading... आजः आइतवार, अशोज ३, २०७८

खानेपानी आयोजनाको सार्वजनिक सुनुवाई सम्पन्न


जाजरकोट । ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समिति ९फण्डबोर्ड० नेपाल को आर्थिक सहयोग र ग्रामिण विकास केन्द्र (रुडेक) नेपालको प्राविधिक सहयोगमा छेडागाड नगरपालिका १ मा सार्वजनिक सुनुवाई सम्पन भएको छ ।

उक्त सार्वजनिक सुनुवाई कार्यक्रमको अध्यक्षता छेडागाड न.पा. १ का अध्यक्ष श्री गणेश प्रसाद जैसीको अध्यक्षतामा संञ्चालन गरिएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथी गैह सरकारी महासंद्य जाजरकोट शाखाका अध्यक्ष श्री बीर बहादुर बस्नेत रहेका थिए भने अतिथी सबडिभिजन कार्यलयका नासु बिर बहादुर चन्द, रुडेक नेपालका कार्यक्रम अधिकृत नर बहादुर साउद रहेका थिए ।

उक्त कार्यक्रमको संञ्चालन खानेपानी तथा सरसफाई उपभोक्ता महासंद्य जिल्ला शाखा जाजरकोटका सचिब श्री मोती वली ले गरेका थिए । २०७४ साल जेष्ठ ७ गते निर्माण चरणको कामको सम्झौता गरि पहिलो किस्ता निकासा लिई हाल सम्म खानेपानी आयोजना को मुहान देखि आर।बि।टी सम्मको काम सम्पन्न गरिएको र शाखा पाईपलाइन र धारा निर्माणको काम संञ्चालनमा रहेको बताउदै आयोजनाको हाल सम्मको आय व्याय खर्च बिवरण आयोजनाका सचिब श्री जसबिर कामीले प्रस्तुत गरेका थिए ।

आयोजना निर्माणको काम पौष मसान्त सम्म सम्पन्न हुनेछ । खारा खा.पा.यो मा कुल लागत २२ लाख ४० हजार ५ सय १ भएता पनि जनश्रमदान ६ लाख ८३ हजार ७५ रहेको छ । कुल लागतको ३० प्रतिशत जनश्रमदान रहेको छ । साथै उक्त आयोजनामा खारा एकता महिला समुह गठन गरी नियमित रुपमा मासिक बचत गदै आएको छ । खारा एकता महिला समुह लाई खेर गएको पानीको सदुपयोग हुने गरी जिबिका कार्यक्रम संञ्चालन गर्ने रुडेक नेपालले रु २० हजार थप अनुदान दिएको छ । आयोजना सम्पन्न भएपछि ५२ घरधुरी लाभाम्वित हुने छन् ।

उक्त आयोजनामा हाल सम्म मर्मत सम्भार कोष रकम एक लाख १० हजार रुपैया जम्मा गरिएको छ । खानेपानी आयोजना संञ्चालन पश्चात ३२ वटा शौचालय निर्माण गरिएका छन भने १ वटा सार्वजनिक शौचालय निर्माधिन अवस्थामा रहेको छ । खारा बजार नजिकै सडने र नसडने २ वटा खाल्डा तयार गरी दैनिक रुपमा बजार को फोहोर उतm खाल्डोमा फाल्ने गरेका बजार समिति सचिब नर बहादुर बस्नेतले बताए ।


ताजा समाचार