Loading... आजः सोमवार, कार्तिक १०, २०७७

इपिएलमा आज दुई खेल हुँदै

काठमाण्डौ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार काठमाडौं किंग्स इलाभेनले विराटनगर वारियर्स र पोखरा राइनोजले भैरहवा ग्लाडिएटर्सको सामना गर्दै छन्।

इपिएलको शीर्ष स्थानमा रहँदै क्वालिफायरमा पुगिसकेको पारस खड्काको कप्तानीमा रहेको विराटनगरको चुनौती पहिलो खेलमा श्रीलंकाली खेलाडी परवेज महारुफको कप्तानीमा रहेको काठमाडौं वारियर्सले बेहोर्नेछ । ४ खेल खेलेको काठमाडौंले ३ मा हार बेहोरेको छ भने एउटामा मात्रै जित निकाल्न सकेको छ।

यस्तै, सोमबार दोस्रो दोस्रो स्थानमा रहेको पोखराले भैरहवाको चुनौती समाना गर्नेछ। शक्ति गौचनको कप्तानीमा रहेको पोखरा र शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवाबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

अंकतालिकामा लगातार ४ खेलमा जित हात पारेको विराटनगर ८ अंक सहित शीर्ष स्थानमा छ भने ३ खेलमा दुईमा जित र एकमा हार बेहोर्दै ४ अंक बटुलेको पोखरा दोस्रो स्थानमा छ। समान ३ खेलबाट २ खेलमा जित र १ खेलमा हार बेहोर्दै ४ अंक नै बटुलेको भैरहवा नेट रनरेटका आधारमा भैरहवा तेस्रो स्थानमा छ।

४ खेल खेलेको ललितपुर प्याट्रिएट्स भने ३ खेलमा हार र १ खेलमा जित हात पार्दै २ अंक बटुलेर चौथो स्थानमा रहँदा काठमाडौं किंग्स इलाभेन र चितवन टाइगर्स भने क्रमशः पाँचौँ छैटौँ स्थानमा छन्। काठमाडौं र चितवनले समान ४ खेलबाट समान ३ खेलमा हार र एक खेलमा जित हात पारेका छन्।

cricketingnepal


ताजा समाचार