Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

कर्मचारीको लापरवाहिले आफ्नै कर्मचारीलाई लाग्यो करेन्ट


दुर्गा वि.सी
सल्यान । विद्युत कर्मचारीको चरम लापरवाहिले दैनिक दिन सल्यानको सल्लीवजारमा विद्युत लाईन अनियमित हुने गरेको छ । सिम्ता सुर्खेत राकम युनिटमा कार्यरत कर्मचारीको लापरवाहिले शनिवार सल्लीवजारको विद्युत युनिटमा कार्यरत कर्मचारी मोतिलाल रानालाई पोलमा चढेको वेला करेन्ट लागेको छ ।

पोलमा करेन्ट लागेर विद्युतीय झट्काले फाल्दा राना गम्भीर घाईते भएका छन् । रानालाई ढाड,हातखुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ । करेन्ट लागेर घाईते रानाको नेपालगञ्जमा उपचार भइरहेको छ । सल्लीवजारमा रहेको आर्मि व्यारेक तर्फको लाईनमा समस्या देखिए पछि लाईन मर्मतको लागि सल्लीकै माथिल्लो वजारमा रहेको पोलमा राना चढेका थिए । पोलमा चढेर काम गरिरहेको समयमा राकम युनिटले काटेको लाईन सञ्चालन गरिदिए पछि उनलाई करेन्ट लागेको वताएको छ ।

लाईनमा अवरुद्ध भए पछि राकम युनिटलाई १ घण्टा लाईन काट्न भनिएको थियो तर उक्त कार्यालयमा कार्यरत कर्मचारी ओकिल विष्टले १५ मिनेटमै लाईन सुचारु गरिदिदाँ दुर्घटना भएको जनाएको छ । स्थानीय वासिहरुका अनुसार राकम युनिटमा कार्यरत कर्मचारी दिउँसै मदिरा सवेन गर्ने भएकोले यस क्षेत्रमा दैनिक दिन लाईनमा समस्या हुदाँ समेत कर्मचारीले वास्ता नदिने वताएको छ । कर्मचारीमा पनि विद्युत लाईन सम्बन्धी दक्षता नहुदाँ पटक पटक यस क्षेत्रका नागरिक अन्धकारमा वस्न वाध्य भएका छन् ।

विग्रेको लाईन समयमा मर्मत नगर्ने,स्थानीयका गुनासा प्रति राकम युनिट र सल्ली युनिटका कर्मचारीले व्यवास्ता गर्ने गरेको जनगुनासा दैनिक दिन सुन्य गरिएको एक स्थानीयले वताए । राकम युनिटमा कार्यरत कर्मचारीले मदिरा सवेन गरेका कारण आज यो दुर्घटना भएको वताएको छ । वत्ती विग्रे पछि मर्मत गर्न जाँदा यातायातका साधान नभएकाले काम गर्न जान पाएन भनेर उनिहरु पन्छीने समेत गरेका छन् ।


ताजा समाचार