Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

मध्यपश्चिम क्रिकेट क्लबकाे अायाेजनामा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता हुने

काेहलपुर । मध्यपश्चिम क्रिकेट क्लबले यहि पुषको अन्तिम सातादेखी अन्तर स्कुल जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता संचालन गर्ने भएको छ ।

शनिबार कोहलपुरमा सम्पन्न क्लबको पूर्णकालिन बैठकले जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।

बिगतमा समेत जिल्ला तथा क्षेत्रीय स्तरका प्रतियोगिताहरु संचालन गर्दै आएको क्लबले बुम रेमिटको मुख्य प्रायोजनमा जिल्ला स्तरीय प्रतियोगिता संचालन गर्न गईरहेको क्लबका अध्यक्ष दिपेन्द्र थापाले जानकारी दिए ।

प्रतियोगितामा जिल्लाका सबै विद्यालयहरुको सक्रिय सहभागीताका लागि प्याब्सन, एनप्याब्सन तथा क्रिसा लगाएतका शिक्षासँग सम्बन्धित निकायसँग अन्तरक्रिया गर्ने तयारी गरिएको थापाले बताए ।

गत वर्ष प्रथम अन्तरस्कुल क्रिकेट रनिङ्शिल्ड सफलतापूर्वक सम्पन्न गरिसकेको क्लबले दोस्रो संस्करणको रुपमा प्रतियोगिता संचालन गर्न गईरहेको हो ।
यसैबिच मध्यपश्चिम क्रिकेट क्लबले साधारणसभाको मिति तय गरेको छ ।

शनिबार सम्पन्न बैठकले यहि पुष २९ गते दोस्रो साधारणसभा गर्ने निर्णय गरेको क्लबका उपाध्यक्ष संगिन शर्माले जानकारी दिए ।


ताजा समाचार