Loading... आजः शनिबार, कार्तिक ८, २०७७

मोदीले भारत बोलाउँदा ओलीले नै मोदीलाई नेपाल बोलाइदिए

काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिँदै भारत भ्रमणको निम्तो दिनुभएको छ । बिहीबार अपरान्ह अध्यक्ष ओलीलाई मोदीले टेलिफोन गरि वाम गठबन्धनले ठूलो सफलता प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै बधाई दिनुभएको हो ।

अध्यक्ष ओलीलाई बधाई तथा शुभकामना दिँदै मोदीले यस सफलताले नेपालमा लोकतन्त्रलाई सुदृढ बनाएको तथा निर्वाचनमा हासिल परिणाम र गठबन्धनको जितले नेपालमा राजनीतिक स्थायित्व कायम हुने र आर्थिक विकास हुने विश्वास व्यक्त गर्नुभएको छ ।

ओलीले मोदीलाई बधाई तथा शुभकामनाका लागि धन्यवाद दिँदै आफ्नो ध्यान स्थायित्व, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक विकासमा केन्द्रित रहेको बताउनुभयो । यसका लागि छिमेकीहरु राष्ट्रहरु संग सुमधुर सम्बन्ध कायम गरिने अध्यक्ष ओलीले बताउनभयो ।

ओलीले खास गरी भारत र चीनसँग शान्ति र समृद्धिका लागि सहकार्य गरिने बताउँदै उहाँले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा समेत गर्नुभयो । सरकार गठन लगत्तै भ्रमणका लागि औपचारिक निमन्त्रणा पत्र पठाइने ओलीले बताउनुभयो ।

कान्तिपुर प्लसबाट


ताजा समाचार