Loading... आजः बिहिबार, फाल्गुन १३, २०७७
Trending

प्रदेश राजधानी दाङ वा बाँकेमा नबनाए बाँके र बर्दियालाई प्रदेश नम्बर ६ मा मिसाउने चेतावनी

सरला सुबेदी
कोहलपुर, पौष ७ । संघीय सरचनामा ५ नम्बर प्रदेशको राजधानिका लागी विभिन्न जिल्लाले दावी गरिरहेका छन् ।

प्रदेश राजधानीको बहसले सबैको ध्यान तानेको छ । प्रदेश नम्वर ५ को राजधानी बाँकेको नेपालगन्ज र कोहलपुरमा हुनु पर्ने माग दिनदिनै उठ्न थालेको छ । सबै कुराले प्रदेशको राजधानी बनाउन कोहलपुर उपयूक्त रहेको बताउँदै कोहलपुरका अगुवा नेताहरुले प्रदेश नम्वर ५ को राजधानी कोहलपुरमै बनाउन दवाव सृजना गरिरहेको छन ।

प्रदेश राजधानीका लागि चाहिने सम्पूर्ण पूर्वाधार बाँकेको कोहलपुरमा तयारी अबस्थामा रहेको भन्दै सामर्थ र पूर्वाधारका दृष्टिले बाँके अनुकुल रहेको र बाँकेको जुनसुकै स्थानमा राजधानी भएनी हुने एमाले नेता सूर्य ढकालले बताए ।

प्रदेश नम्बर ५ को राजधानी दाङ हुनुपर्ने मा बुटवल हुने वातावरण सिर्जना भएकोले बाँके जिल्लामै हुनु पर्छ भन्ने माग बढेको हो राजधानी दाङ नभए बाँके तर शक्ती केन्द्रको हिसाबले बुटवल बनाइएमा हाम्रो माग र अबको लडाई भनेको बाँके र बर्दियालाई सुर्खेतमा अर्थात ६ नम्बर प्रदेशमा मिसाउने हाम्रो निरन्तर अभियान रहने कुरा उनले बताए ।

बाँकेको कोहलपुरमा प्रादेशिक राजधानीको माग गर्दै शुक्रवार कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा बाँकेको कोहलपुरमा प्रदेश राजधानीको लागि आवश्यक पुर्वाधार र भौतिक संरचनाहरु रहेको कोहलपुर नगर विकास समितिका अध्यक्ष अवराज खड्काले बताए । उनले भने–‘हाम्रो माग राजधानी बाँकेमा बन्नुपर्छ भन्ने हो,आवश्यक सवै संरचना दिन हामि तयार छौं । प्रादेशिक राजधानीका लागि आवश्यक पर्ने भौतिक संरचनाहरु र आवश्यक करिव २ सय विगाह जग्गा समेत उपलब्ध गराउन सक्ने नगर विकास समितिका खड्काले बताए ।

प्रदेश नम्वर ५ को राजधानी बाँकेको कोहलपुरमा बनाउदा आवश्यक पर्ने संरचनाहरु भएको बताउँदै कोहलपुर नगर विकास समितिले पूर्वाधारहरुको सुचि समेत सार्वजनिक गरेको छ ।यसै गरि पत्रकार सम्मेलनमा उद्योग बाणिज्य संघ कोहलपुरका पुर्व अध्यक्ष नरेन्द्र शर्मा,होटेल व्यवसाय संघका अध्यक्ष बलराम भट्टराईले राजधानी बाँकेमै हुनुपर्छ भन्दै आ -आफ्नो भनाई राखेका थिए।


ताजा समाचार