Loading... आजः शनिबार, कार्तिक ८, २०७७

जाजरकोट महोत्सवमा ठूलो पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने

जाजरकोट । दोस्रो जाजरकोट महोत्सवमा भलिबल प्रतियोगिता हुने भएको छ ।

जिल्ला खेलकुद बिकास समितिको आयोजनामा यहि १२ गते देखि खुल्ला पुरुस भलिबल प्रतियोगिता हुने भएको हो । खेल बिहान ७ बजेदेखि खलंगा स्थित त्रिभुवन माध्यमिक विद्यालयको प्रांगणमा हुने छ । खेलमा सहभागी हुने टिमले यहि पुस ११ गते बेलुका सम्म टिम दर्ता गरिसक्नु पर्ने छ ।

टिम दर्ता सुल्क ७ हजार तोकिएको र थप जाकारिको लागि ९८४८०६४७४८ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेता टिमले एक लाख रुपैयाँ पुरस्कारको पाउने छ । त्यस्तै दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ पुरस्कार पाउने ब्यबस्था गरेको आयोजकले जनाएको छ ।

प्रतिभावान युवा खेलाडिहरुलाई मध्यनजर गर्दै भलिबल प्रतियोगिताको आयोजना गरिएको जिल्ला खेलकुद बिकास समितिका जयप्रसाद आचार्यले जानकारी दिनु भयो । पहाडी जिल्लाको लोकप्रिय खेल भलिबल पछिल्लो समय जिल्ला स्तरमा प्रतियोगिता हुने छोडेको थियो ।


ताजा समाचार