Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

यी हुन समानुपातिकबाट संसद बन्ने एमालेका ३९ महिलाहरु (नामावली सहित)


काठमाडौं । प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ ठुलो दल बनेको नेकपा एमाले समानुपातिकमा पनि ठुलो दल बने संगै ४१ जना संसद हुने भएका छन् । यो संगै प्रतिनिधिसभातर्फ समानुपातिकबाट ३९ जना महिला सांसद हुने पक्का भएको छ ।

यी हुन समानुपातिकबाट संसद बन्ने ३९ जना भाग्यमानि महिलाहरु

खस आर्यबाट १२ महिला

खस आर्यबाट राधा ज्ञवाली, विन्दा पाण्डे, गोमा देवकोटा, कल्याणी खड्का, निरुदेवी पाल, मनकुमारी जिसी,मायादेवी न्यौपाने, विष्णु शर्मा, सरिता न्यौपाने, मैना कुमारी भण्डारी, तीर्था गौतम र शर्मिला कार्की सांसद बन्दैछन् ।

जनजातिबाट ११ जना महिला

यस्तै जनजातिबाट ११ जना महिलालाई एमालेले सांसद बनाउँदैछ । थममाया थापा मगर, डा. शिवमाया तुम्बाहाम्फे, सुजिता शाक्य, रामकुमारी झाँक्री, बिना श्रेष्ठ, तुल्सी थापा, नबीना लामा, शान्तिमाया तामाङ पाख्रिन, कुमारी मेचे, विनादेवी बुढा मगर र रणकुमारी बलमपाकी मगर सांसद बन्ने भएका छन् ।

थारुबाट २ महिला

यस्तै थारु महिलाबाट शान्ता चौधरी, लक्ष्मीकुमारी चौधरी र गंगा चौधरी सत्गौवा सांसद बन्दैछन् ।

दलितबाट ७ महिला

एमालेले सात दलित महिलालाई समानुपातिकबाट सांसद बन्दै छन् । तुलसी पासी, निरादेवि जैरु, विमला विश्वकर्मा, विमला बिक, पार्वती कुमारी विसुङखे, सानु सिबा र आशाकुमारी बिक एमालेबाट सांसद बन्ने भएका छन् ।

मधेसीबाट ६ महिला

मधेसीबाट जुलीकुमारी महतो, डा. पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, रेखा कुमारी झा, सरिताकुमारी गिरी र सीता यादव पनि सांसद बन्दैछिन् ।

मुस्लिमबाट २ महिला

मुस्लिमबाट कालिला खान र समिना हुसेन सांसद बन्ने एमाले स्रोतले जनाएको छ ।


ताजा समाचार