Loading... आजः बुधबार, मंसिर १०, २०७७
Trending

काँग्रेसका संस्थापक किसुनजीको जन्मजयान्तीमा एमाले अध्यक्ष ओली प्रमुख अतिथि


काठमाडौं । कांग्रेस संस्थापक तथा सन्त नेता किसुनजीको शनिवार मनाइन लागिएको ९४ औं जन्मजयन्तीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथिका रुपमा निम्त्याइनु भएको छ । नेपाली कांग्रेसका संस्थापक नेता मध्येका एक नेता भएर पनि जीवनका अन्तिम कालमा उहाँ कांग्रेस सिद्धान्तच्यूत भएका भन्दै कांग्रेस त्याग्न वाध्य हुनुभएको थियो ।

०४६ सालको जनआन्दोलनपछि बनेको अन्तरिम सरकारका प्रधानमन्त्री भएर संविधान निर्माण गरी सहज सत्ता हस्तान्तरण गर्नु भएका किसुनजी लोकतान्त्रिक मुल्यमान्यतालाई जीवन ब्यवहारमा अनुशरण गर्ने नेताका रुपमा चिनिनुहुन्छ । उहाँको ९४ औं जन्मजयन्तीमा कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानले लोकतान्त्रिक आन्दोलनमा लामो समयसम्म यातनापूर्ण कारावास जीवन विताउनु भएका ओलीलाई प्रमुख अतिथिका रुपमा निम्त्याएको हो । केही समय ओलीको जेल जीवन किसुनजीसँगै वितेको थियो ।

एमाले अध्यक्ष ओलीले पनि किसुनजीले जस्तै कांग्रेस लोकतान्त्रिक मुल्यको राजनीतिबाट पतन हुँदै गएको र लोकतान्त्रिक आचरण, मुल्य र संस्कार नगुमाउन कांग्रेसलाई खवर्दारी गर्दै आउनु भएको छ । कांग्रेसलाई लोकतान्त्रिक मुल्य मान्यता र ब्यवहारमा फर्काउन नसकिएको वताउँदै ओलीले सामाजिक न्याय र लोकतान्त्रिक प्रणालीको रक्षा एमालेले मात्र गर्न सक्ने वताउँदै आउनु भएको छ । इतिहासमा कांग्रेसका प्रभावशाली नेताहरुले निर्वाह गरेको लोकतान्त्रिक मान्यताको विरासत अव एमालेले मात्र धान्न सक्ने ओलीको भनाईमा पछिल्लो पटक कांग्रेस निकटको वौद्धिक जमातले पनि स्वीकार गर्दै आएको छ ।

त्यसै सन्दर्भमा कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानले एमाले अध्यक्ष ओलीलाई किसुनजीको ९४ औं जन्मजयन्तीको प्रमुख अतिथि बनाएको बुझ्न सकिन्छ । कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानकी अध्यक्ष तथा किसुनजीकी अनन्य सहयोगी अमीता कपालीले भन्नुभयो– ‘किसुनजीको जन्मजयन्तीको कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख पाहुनाको रुपमा आमन्त्रण गरेका छौं, उहाँले कार्यक्रममा प्रमुख वक्ताको रुपमा सहभागि हुने वचन दिनुभएको छ ।’

किसुनजीको आश्रम ललितपुरको वाडेगाउँमा शनिवार ९४ औं जन्मजयन्ती मनाउन लागिएको हो । उक्त कार्यक्रममा कांग्रेसका नेताहरुलाई पनि निम्तो गरिएको कपालीले वताउनुभयो ।

चक्रपथ अनलाइनबाट


ताजा समाचार