Loading... आजः शुक्रबार, अशोज १, २०७८

केन्द्रिय समितिको बैठक तत्काल बोलाउन काँग्रेस नेता कोइरालाको माग


विराटनगर । पार्टी पराजयको बिषयमा छलफल गर्न पार्टीको केन्द्रिय समितिको बैठक तत्काल बोलाउन नेता डा. शेखर कोइरालाले माग गरेका छन् ।

शुक्रबार बिराटनगरमा बोल्दै उनले निर्वाचनमा पार्टीको पराजयका विषयमा विस्तृत रुपमा छलफल गर्न केन्द्रिय समितिको बैठक अविलम्ब बोलाउनु पर्ने माग गरेका हुन । काँग्रेसका अन्य युवानेताहरुले पार्टी सभापतिको राजीनामको माग गरीरहेको बेला नेता कोइरालाले यस्तो माग गरेका छन् ।

हारको जिम्मेवारी अहिले सम्मा नलिएका सभापती शेर बहादुर देउवा यतिवेला आफ्नै नेताहरुको घेराबन्दिमा परेका छन् । नेतृत्व परिवर्तन हुन सक्ने संकेत गर्दै केन्द्रिय सदस्य कोइरालाले आफु राजनीतिक व्यक्तित्व भएकोले सभापतिको आशा गर्नु तर्कसंगत रहेको समेत वताए ।

उनले पार्टीको संरचनालाई बलियो बनाउनका लागि प्रत्येक प्रदेशको साङ्गठनिक संरचना बनाउनुपर्ने विषयमा जोड दिँदै अब पार्टीको सङ्गठन टोल–टोलसम्म पुयाउनुपर्ने विषयमा जोड दिएका छन् ।


ताजा समाचार