Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

प्रदेशसभा समानुपातिकको नतिजा आज बेलुका सार्वजनिक हुने


काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकतर्फको नतिजा आज साँझसम्म सार्वजनिक गर्ने जनाएको छ ।आयोगले समानुपातिकतर्फको नतिजा घोषणा गर्ने तयारी भइरहेको जानकारी दिएको छ । आज बेलुका सम्ममा नतिजा सार्वजनिक हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

प्रत्यक्ष तर्फको ३ सय ३० सिटको नतिजा सार्वजनिक भइसकेको छ । प्रदेश सभाका कुल ५सय ५० सिट मध्ये २ सय २० सिट समानुपातिक प्रणालीबाट छनौट हुनेछ ।

समानुपातिकबाट प्रदेश १ मा ३७ सिट, प्रदेश २ मा ४३, प्रदेश ३ मा ४४, प्रदेश ४ मा २४, प्रदेश ५ मा ३५, प्रदेश ६ मा १६ र प्रदेश ७ मा २१ जना प्रदेशसभा सदस्य चयन हुने आयोगले जनाएको छ । प्रतिनिधि सभातर्फको समानुपातिक नतिजा पनि छिटै सार्वजनिक गर्ने आयोगले जनाएको छ ।


ताजा समाचार