Loading... आजः आइतवार, कार्तिक १६, २०७७

यस बर्षको एसइई परिक्षा चैत ८ गतेदेखि (परिक्षा तालिका सहित)


भक्तपुर । यस वर्षको एसइई परीक्षा आगामी चैत ८ देखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा सञ्चालन समितिको बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षाको पहिलो दिन चैत ८ गते बिहीबार अनिवार्य अंग्रेजी, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य विषयको परीक्षा सञ्चालन हुनेछ ।

यस्तै चैत ९ गते शुक्रबार अनिवार्य नेपाली र गैर नेपाली विद्यार्थीका लागि अंग्रेजीको परीक्षा हुनेछ । चैत १० गते शनिबार र ११ गते आइतबार भने चैते दशैं परेकाले परीक्षा सञ्चालन नहुने र बिदा दिइएको नियन्त्रक रेग्मीले जानकारी दिनुभयो ।

त्यस्तै अन्तिम दिन चैत २० गते प्राविधिकतर्फ नै फ्लोरिकल्चर एण्ड नर्सरी म्यानेजमेण्ट, भेटेरनरी ल्याव्रोटरी टेक्निक, इण्ड्रष्ट्रियल इन्स्टलेसन एण्ड मेन्टिनेन्स, अब्जेक्ट खोरेन्टेड प्रोग्रामिङ, इष्टिमेटिङ कस्टिङ एण्ड सुपरभिजन र ऐच्छिक विषयमा गायन, संगीत, वाद्यवादन र नृत्यको परीक्षा हुनेछ ।

गतवर्ष भने चैत ३ गतेबाट एसइई परीक्षा सञ्चालन भएको थियो ।


ताजा समाचार