Loading... आजः बुधबार, मंसिर १०, २०७७
Trending

नायिका केकी अधिकारी संग यसरी नाचे चर्चित नेता लालबाबु पण्डित

काठमाडौं । काँग्रेस नेता शेखर कोइरालाई पराजित गरेका एमालेका नेता लालबाबु पण्डित नायिका केकी अधिकारी संग छमछमि नाचेका छन् । मोरङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि निकै चर्चामा आएका पण्डित नायिका केकी अधिकारी संग छमछमि नाचेका हुन् । फिल्मको गीतमा उनले केकी र नाजिरसँग मज्जाले नाचे । लालबाबुलाई मज्जाले नाचेको देखेपछि सवै चकित समेत परे ।

 

राज्जा रानी क्याम्पेनका लागि पूर्वी नेपालको विराटनगरमा रहेकी केकीले गितमै लालबाबुलाई नचाएकी हुन् । धेरैको नजरमा पर्न सफल नेता पण्डित अभिनेत्री केकी अधिकारीको फेभरेट लिडर समेत रहेछन् ।

नेता पण्डितलाई देखेपछि केकीले हजारको नोटमा लालबाबुको अटोग्राफ समेत लिइन् । केकीलाई अटोग्राफ दिएपछि नेता पण्डितले केकीलाई धर्तिकी वास्ताविक परि भनेर प्रशंसा समेत गरे ।

उनलाई राज्जा रानीले बिराटनगर १२ स्थित स्थानीय बखरी बगैंचामा आयोजित पब्लिसिटी कार्यक्रममा नृत्य देखाएका हुन् । आफू मन्त्री बने फिल्मको लगानी उठ्ने बातावरण वनाइदिने नेता पण्डितले बचन दिए ।


ताजा समाचार