Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

अतिक्रमण गरि निर्माण गरिएका घरटहरा हटाउन शुुरू

जाजरकोट । जाजरकोटमा सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएका घरटहरा हटाउन सुरु गरिएको छ । सदरमुकामको बजार क्षेत्रभित्र सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएका घरटहरा हटाउन सुरु गरिएको हो । अतिक्रमण गरिएका घरटहराहरु आफै हटाउन पटक–पटक गरेको सुचना अटेर गरेपछि जिल्ला वन कार्यलयले आफै हटाउन सुरु गरेको हो ।

अतिक्रमणकारीहरुले सदरमुकामको बजार क्षेत्रभित्र सार्वजनिक जग्गा तथा बन क्षेत्र अतिक्रमण गरेर तिन सय घरटहरा निर्माण गरेका छन् । उनिहरुले पक्कि घर समेत निर्माण गरेका छन् । पहिलो चरणमा बजारको मुख्य स्थान भेरी नगरपालिका ३ को थाप्लेचौरमा निर्माण गरिएका टहरा हटाउन थालिएको छ । अतिक्रमण गरिएका घरटहराहरु हटाउन सुरु गरिएको जिल्ला वन अधिकृत उपेन्द्र पटेलले जानकारी दिनु भयो ।
अतिक्रमण गरि निर्माण गरिएका संरचनाहरु आफै हटाउन फेरी एकपटक सुचना जारी गर्ने र त्यस्को अटेर गरे वन कार्यालयले आफै हटाई अतिक्रमणकारीलाई वन ऐन अनुसर कार्वाही गर्ने वन अधिकृत पटेलले बताए ।

सुचनाको अटेर गरि बजारको मुख्य चोकमै घर निर्माण कार्र्य थालेकी एक महिलालाई पक्राउ गरिएको उनले जानकारी दिए । भेरी नगरपालिकाले समेत अतिक्रमित घरटहरा हटाउनु सुचना जारी गरेको छ । जिल्ला वन कार्यालय संग समन्वय गरेर नगर क्षेत्रभित्रका अतिक्रमण गरि बनाएका सवै घरटहरा हटाइने नगर प्रमुख चन्द्र प्रकाश घर्तीले जानकारी दिनु भयो ।


ताजा समाचार