Loading... आजः सोमवार, कार्तिक १०, २०७७

हस्तक्षेप गर्छु भन्ने गगन थापाविरुद्ध यस्तो एक्सन लिदैछन् देउवा


काठमाडौं । आफु विरुद्ध खनिएको भन्दै नेपाली कांग्रेसका युवा नेता गगन थापामाथि सभापति शेरबहादुर देउवाले एक्सन लिन थालेका छन् । युवा नेता थापाले सभापति देउवालाई पार्टी पराजयको दोषी भएको भन्दै अव सभापतिबाट विश्राम लिन सुझाव दिएका थिए ।

निर्वाचनमा देशभर नराम्रो पराजय भोगेपछि त्यसको दोषी सभापति भएको भन्दै गगनले दिएको विश्राम नलिए सांगठनिक हस्तक्षेप गर्ने अभिव्यक्तिबाट रुष्ट बनेका देउवाले उनीमाथि अनुशासनको कारवाही गर्ने तयारीमा देउवा छन् ।

पार्टी नेतृत्व हस्तक्षेप गरेर लिने भन्दै दिएको कडा अभिव्यक्तिले कांग्रेसभित्र खैलाबैला मच्चिएको छ । अर्का नेता प्रकाशमान सिंहले पनि चुनाव जितलगत्तै नेतृत्व फेर्नुपर्ने अभिव्यक्ति दिइरहेका छन् । गगनको अभिव्यक्तिको कडा आलोचना गर्दै देउवाले उनलाई अनुसासनको कारवाही गरेरै छोड्ने तयारीमा रहेको एक नेताले बताए ।

स्रोतका अनुसार नेतृत्वमाथि दोष थोपरेर मिडियामा हिरो बनेको भन्दै देउवाले गगनलाई कसरी साइजमा ल्याउने भन्नेबारे आन्तरिक छलफलमा जुटेका हुन् । त्यस्तै खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले पनि गगनको बारेमा पार्टीमा सोच्नुपर्ने बेला आएको बताए । यसबाट पनि देउवा असन्तुष्ट रहेको स्रोत बताउँछ । दुवै नेतालाई एकसाथ अनुशासनको कारबाही चलाउने मनस्थितीमा देउवा पुगेको कांग्रेसका नेताहरु बताउँछन् ।


ताजा समाचार