Loading... आजः आइतवार, अशोज ३, २०७८

जाजरकोट महोत्सवमा भलिवल र नृत्य प्रतियोगीता हुने


जाजरकोट । दोस्रो जाजरकोट महोत्सवमा भलिवल र नृत्य प्रतियोगीता गरिने भएको छ । जिल्लाका प्रतिभावान खेलाडि र नृत्यमा पोख्त युवा युवतिहरुको क्षमता विकास गर्न प्रतियोगिता गरिने भएको हो । पहाडि जिल्लाको लोकप्रिय खेल भलिवल प्रतियोगिता पछिल्ला बर्षहरुमा हुन छाडेको थियो ।

आयोजक समितिले महोत्सवकै अवसरमा खुल्ला पुरुष भलिवल प्रतियोगिता गर्ने मुल सचिवालयका संयोजक कमान बहादुर खड्काले जानकारी दिनु भयो । त्यस्तै नृत्यमा युवायुवतिहरुको क्षामता अभिवृद्धि गर्न नृत्य प्रतियोगिता संचालन गरिने उहाँले जानकारी दिनु भयो ।

प्रतियोगितामा पहीलो, दोस्रो र तेस्रो हुनेलाई प्रमाण पत्र सहित उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । दोस्रो जाजरकोट महोत्सव–कृषि, पर्यटन तथा व्यापार मेला यही पौष १२ गते देखि १६ गते सम्मा सदरमुकाममा संचालन हुने छ ।


ताजा समाचार