Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

ओली र प्रचण्डले संयुक्त पत्रकार सम्मेलन गर्दै, किन गदैछन् ? 


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संयुक्त पत्रकार सम्मेलन गर्न लागेका छन् । आज दिउँसो ३ बजे काठमाडौको अन्नपुर्ण होटलमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएकोे एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख सुर्य थापाले जानकारी दिए ।

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षको नतिजा सम्पन्न संगै समानुपातिकको परिणाम आउनै लाग्दा ओली र प्रचण्डले पहिलोपटक संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन् । बाम गठबन्धनको एकल सरकार गठन हुने बेला उनिहरुले पत्रकार सम्मेलन मार्फत के भन्लान भन्ने चासोको बिषय बनेको छ ।

सम्पन्न दुवै परिणाममा बाम गठबन्धनले बहुमत ल्याएका छन् । उक्त पत्रकार सम्मेलनमा पार्टी एकता संयोजन समितिका नेताहरु समेत सहभागि हुने बताइएको छ ।


ताजा समाचार