Loading... आजः शुक्रबार, कार्तिक ७, २०७७

जाजरकोट महोत्सवको तयारीलाई तिव्र पारिदै


जाजरकोट । दोस्रो जाजरकोट महोत्सव–कृषि, पर्यटन तथा व्यापार मेलाको तयारीलाई तिव्रता दिइएको छ । यहि पौष १२ गते देखि सदरमुकाम खलंगामा हुने महोत्सवलाई व्यवस्थित र भव्य वनाउन आयोजकले बिभिन्न तयारीहरुलाई तिव्रता दिन थालेको हो । आयोजकले जिल्लाका बिभिन्न सरोकारवाला निकायहरु संग परमार्ष गर्दै अरु भौतिक तयारीलाई पनि तिव्रता दिन थालेको छ ।

महोत्सवलाई विगतको भन्दा भव्य र सफल बनाउन बिभिन्न समिति तथा उपसमितिहरु गठन गरेर कामलाई अगाडी बढाइएको छ । निवर्तमान अध्यक्ष कमान बहादुर खड्काको संयोजकत्वमा गठित मुल सचिवालय समितिले सरोकारवाला निकायसंग समन्वय देखि मञ्च तथ स्टल व्यवस्थापनको काममा जुटिसकेको छ ।

त्यस्तै शिवप्रसाद शर्माको संयोजकत्वमा जिल्लाका सम्पुर्ण संञ्चारकर्मिहरु रहने गरि प्रचारप्रसार उपसमिति गठन गरि प्रचार प्रसारलाई तिव्रता दिइएको छ । त्यसैगरी कृष्ण बिक्रम शाहको संयोजकत्वमा महोत्सव व्यवस्थापन समिति गठन गरिएको छ । स्थानिय कृषि, पर्यटन तथा व्यापारलाई प्रचार प्रसार र प्रर्वद्धन गर्ने उद्देश्यले महोत्सको आयोजना गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष कर्ण बहादुर खत्रीले जानकारी दिनु भयो ।

खलंगा स्थित त्रिभुवन माध्यामिक विद्यालयको प्रांगणमा ५ दिन सम्म चल्ने महोत्सवमा स्थानिय मौलिक कलासंस्कृति संगै बिभिन्न झाँकिहरु प्रर्दशन गरिने छ । महोत्सवमा राष्ट्रिय स्तरका चिर्चित लोकदोहोरी गायक बद्री पंगेनी, प्रिति आले, नविन पौडेल, राजु सोनाम लगायत स्थानिक कलाकारहरुको बेजोड संस्कृतिक प्रस्तुति रहने मुल सचिवालय समितिका संयोजक कमान बहादुर खड्काले जानकारी दिनु भयो । यस पटकको महोत्सव निकै व्यवस्थित हुने भन्दै सवै जिल्लावासीले सहायोग गर्नु पेर्न उहाँको भनाई छ ।


ताजा समाचार