Loading... आजः मङ्लबार, कार्तिक ९, २०७८

सल्लाहकार र सदस्यहरुलाई उधोग बाणिज्य संघ कोहलपुरको सम्मान


कोहलपुर । कोहलपुर उधोग बाणिज्य संघले आज एक समारोहका बीच संघमा मनोनीत सल्लाहकार तथा आमन्त्रित सदस्यहरु लाई स्वागत तथा सम्मान गरेको छ ।

संघका अध्यक्ष चक्रबहादुर अधिकारी को अध्यक्षतामा भयको कार्यक्रममा उधोग बाणिज्य महासङ्का ५ न प्रदेश सदस्य नरेन्द्रप्रसाद शर्मा, चिन्तामनी धिताल, नमप्रसद शर्मा लगायत ले मन्तव्य राख्नु भयको थियो ।

संघले आगामी माघ २६ देखि ८ फगुन सम्म औद्योगिक ब्यापार मेला तथा पर्यटन महोत्सब २०७४ संचालन गर्ने भयको छ । महोत्सव भब्यरुपले सम्पन गर्न विभिन्न ९ वटा उपसमिति गठन भयको महासचिव तेजप्रसाद अधिकारीले बताए ।

महोत्सवको आम्दानीबाटअत्याधुनिक बहुउद्देश्यीय भवन बनाउन नक्सा पास तथा माटो परिक्षण भएको छ । महोत्सवले कोहलपुरलाई राष्ट्रिय स्तरमा पहिचान तथा आर्थिक सामाजिक रूपमा सबल बनाउने भएकोले मेला प्रत्त्यक बर्ष गरिने भयको छ । महोत्सवको तयारी द्रुतगतिमा भैरहेको संघका महासचिव अधिकारीले जनाए ।


ताजा समाचार