Loading... आजः शुक्रबार, कार्तिक १४, २०७७

निर्माणाधीन घर भत्किदा कुशेमा एक महिलाको मृत्यु


जाजरकोट । निर्माणाधीन घर भत्किदा कुशे गाउँपालिका–६ छहरागाउँमा एक महिलाको ज्यान गएको छ । घर भत्किँदा शुक्रबार साँझ कुशेगाउँपालिका ३ कि ४८ बर्षिय दुर्गा बुढाको ज्यान गएको हो । निर्माणाधीन घर भत्किदा मृतक बुढा पुर्णरुपमा पुरीएको उनका श्रीमान दधिमल बुढले बताए ।

त्यस्तै दुर्गाकी नातिनी ६ वर्षीया कल्पना बुढा सामान्य घाइते भएकी छिन् । नातिनी कल्पनालाई तत्काल भत्केको घरबाट निकालेकाले बचाउन सकेको दुर्गाका श्रीमान् दधिमलले बताए । श्रीमतीलाई भने बचाउन नसकेको उनले बताए । कुशे गाउँपालिका–३ का उनीहरू वडा नम्बर ६ छहरगाउँमा घर बनाउँदै थिए ।


ताजा समाचार