Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

पाँच महिनामा ६ लाख बढी राजश्व संकलन

बिनोद कुमार घर्ती
जाजरकोट, २९ मंसिर । अस्थायी जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटले चालू आर्थिक बर्षको पाँच महिनामा छ लाख बढी राजश्व संकलन गरेको छ । कार्यालयले पाँच महिनामा ६ लाख ३८ हजार ५ सय राजश्व संकलन गरेको हो ।

जिल्लामा कारबाहिमा परेका बस ८३ वटा, ट्रक २४ वटा, टेक्टर १६ वटा, जिपकार ३४ वटा, मोटसाइकल १४३ वटा गरी जम्मा ३०० वटा साधन कारवाहिमा परेका थिए ।ट्राफिक नियम उलंघन गर्ने सवारी साधानहरुलाई कारवाही गरी राजश्व संकलन गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायव निरिक्षक देव बहादुर खत्रीले बताए ।

खत्रीका अनुसार जिल्लाम मापसे सेवन सम्बन्धी कुनै मेशिन औजार नभएकोले मापसे गरेका सवारी चालकलाई जिल्ला हस्पिटल लिने गरेको खत्रीले बताए ।

हालसम्म जाजरकोटमा आफु आएको ४ महिनामा यति परिणमको राजश्व संकलन भएको आयव्यय प्रस्ट पारेको दाबी गरेका छन् । आफनो कार्यकालमा जिल्लाको समग्र चेक जाँचमा गरिएको कडाईका कारण ४ महिना यता कुनै ठाँउमा दुर्घटना नभएको प्रहरी नायव निरिक्षक खत्रीले बताए ।

दैलेख, सुर्खेत जिल्लाको अनुमति नलिएर जाजरकोटको रुट बिपरित सञ्चालनमा आएका ३ वटा गाडी जिल्ला प्रहरी कार्यालयमा पेस गरेको र उक्त ३ वटा गाडीलाई भेरी यातायात कार्यालयलाई कारबाहिको लागि चिठि समेत काटिसकेको जानकारी दिए । बिना लाइसेन्स ट्राफिक नियम उलंघन, क्षमता भन्दा धेरै यात्रु लगायतका सवारी साधन कार्बाहि परेको कार्यालयले जनाएको छ । काबाहिमा सबैभन्दा धेरै सवारी साधन मंसिरमा परेका थिए । मंसिर महिनामा मात्र ३ सय वटा सवारी साधनबाट १ लाख ७४ हजार ५ सय रुपैयाँ संकलन गरिएको प्रहरी जवान राजेन्द्र शाहीले बताए ।

अन्य जिल्लाको तुलनाम जाजरकोटमा सवारी साधनको चाँप कम भएकोले पनि जाजरकोटमा ट्राफिक नियम उलंघन बढि हुने गरेको जवान शाहीले बताए । सबै भन्दा मंसिरमा जाजरकोटमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको अवसर परेको ले धेरै सवारी साधन कार्वाहिमा परेको शाहीले बताए ।

त्यस्तै असोज महिनामा २१३ वटा सवारी साधन कार्वाहिमा परेका थिए । उक्त कार्वाहिबाट रु १ लाख १५ हजार रुपैया राजश्व संकलन गरिएको थियो । त्यस्तै गरी कार्तिक २५० वटा सवारी साधन कारबाहिमा परेर १ लाख ४२ हजार राजश्व संकलन गरिएको थियो । भाद्र महिनामा १९९ वटा सवारी साधनबाट १ लाख १५ हजार ५ सय रुपैयाँ सबै भन्दा कम श्रावण महिनाम १३८ वटा साना तथा ठुला सवारी साधन कारबाहिमा परेका थिए । राजश्व संकलन गरिएको ६ लाख ३८ हजार ५ सय रुपैया कोष तथा लेखा नियन्त्रण कार्यालय शाखा कार्यालयमा जम्मा गरिएको जवान शाहीले बताए ।

मंसिरमा मात्र धेरै सवारी साधन कारबाहिम पर्नुको मुख्य कारण प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि जिल्ला बाहिरदेखि चुनावमा भोट हाल्न घर फर्किने बाहिरिनेहरुको एउटा र अर्को हेल्मेट बिना बाइक चलाइने मापसे सेवन, कागज पत्र आफुसंग नराखिएको प्रहरी जवान अमर बहादुर वलीले बताए । जाजरकोटमा रुट प्रणालि अप्ठयारो भएकोले जिल्लाम बर्षेनी बस दुर्घटना हुने गरेकोले गत भदौ देखि जिल्लाको आदेश अनुसार चेक जाँचमा कडाइ गरिएकोले यत्रो परिणामको राजश्व संकलन गर्न सफल भएको समेत जवान वलिले बताए ।


ताजा समाचार