Loading... आजः बिहिबार, मंसिर ११, २०७७
Trending

‘बिकासप्रेमि युवा समुह बर्दिया’ काे तदर्थ समिति गठन

तपेन्द्र जाेशी,
मंसीर २९, बर्दिया । बर्दिया जिल्लाभर कार्यक्षेत्र रहने गरी अाज बर्दिया जिल्लाकाे बेलवा स्थित माचडमा बसेकाे बर्दियाका बिकासप्रेमी युवाहरुकाे भेलाले मुनाफारहित, जनहितकारी एवं समाजसेवाप्रति समर्पित हुने अभिप्रायका साथ ‘बिकासप्रेमी युवा समुह बर्दिया’ नामक संस्थाकाे ९ सदस्सीय तदर्थ समिति गठन गरेकाे छ ।

भेलाले संस्थाकाे ९ सदस्सीय तदर्थ समितिकाे गठन गर्ने क्रममा अध्यक्षमा गाेपाल निराैलालाई चयन गरिएकाे छ । यसैगरी उपाध्यक्षमा इम बहादुर केशी, सचिवमा गणेश कुंवर, सह सचिवमा नारायण गाैतम, काेषाध्यक्षमा धना ढकाललाई चयन गरिएकाे छ । यस्तै सदस्यहरुमा भाेजराज लम्साल, मुक्तिराम रिजाल, विश्वास शाह र खेमराज ढकाललाई चयन गरिएकाे छ ।

यसैगरी साे भेलाले बिकाप्रेमी युवा समुह बर्दिया काे तदर्थ समितिकाे सल्लाहकारमा ८ जना सदस्य नियुक्त गरेकाे छ । सल्लाहकारहरुमा तपेन्द्र राज जाेशी, सुदिप अधिकारी, लक्ष्मण ढुंगाना, कृष्ण भण्डारी, शंकर गाैतम, उदयराज खनाल, बिशाल खत्री र माधव केशी रहेका छन् ।

बिकासप्रेमी युवा समुह बर्दियाले अाफ्नाे तदर्थ समिति गठन हुनुपर्व सामाजिक संजाल ( फेसबुक ) मार्फत बिश्वभर छरिएर रहेका बर्दियाली युवा जमातलाई फेसबुक च्याट ग्रुप र फेसबुक ग्रुपबाट एकत्रित गर्दै बर्दियामा २०७४ साल श्रावण महिनामा गएकाे बाढी प्रभावित क्षेत्रमा रहेका बाढिपिडित हरुलाई खाद्दन्न, लत्ताकपडा का साथै बाढिपिडित क्षेत्रका बिद्दार्थीहरुलाई शैक्षिक समाग्री लगायतका सामग्री बितरण गरेकाे थियाे । यसैगरी बिकासप्रेमी युवा समुहले सामाजिक सन्जाल मार्फत बर्दियाकाे समग्र बिकास र समृद्दिका मुद्दाहरुमा सम्बन्धित निकाय तथा सराेकारवालाहरुकाे ध्यानाकर्षण गराउदै अाएकाे छ ।

तदर्थ समिति गठन गर्ने क्रममा नव गठित तदर्थ समितिका अध्यक्ष गाेपाल निराैला ले बर्दियाकाे बिकासकाे सवालमा हामी युवाहरु नै जागरुक भई अगि बढ्नुपर्ने अबस्था अाएकाे र बिकासकाे दृष्टिकाेणले राज्यबाट पछि परेकाे अवस्थामा सम्बन्धित निकायकाे ध्यानाकर्षण गर्न तथा रचनात्मक दबाब दिनकाे लागि बर्दियाका बिभिन्न ठाउका युवाहरु एकत्रित भई लाग्नुपर्ने बताएका छन् । साथै अध्यक्ष निराैलाले बर्दियाकाे सामाजिक, अार्थिक, सांस्कृतिक तथा स्वराेजगार बिषयका सम्बन्धमा पनि बिकासप्रेमी समुहले अागामी दिनमा बिभिन्न किसिमका रचनात्मक कार्यक्रमहरु गर्दै अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन् ।


ताजा समाचार