Loading... आजः शनिबार, कार्तिक ८, २०७७

बुम क्रिकेटमा मोडर्न कलेज नेपालगञ्ज सेमिफाईनलमा

काेहलपुर ।  मोडर्न कलेज नेपालगञ्ज कोहलपुरमा जारी बुम अन्तर क्याम्पस क्रिकेट प्रतियोगिताको सेमिफाईनल चरणमा प्रवेश गरेको छ ।

शुक्रबार कोहलपुरस्थित प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न भएको खेलमा जि.भि.एन. कलेज नेपालगञ्जलाई ३० रनले हराउँदै मोर्डन कलेजको टिमले अघिल्लो चरणको लागी स्थान सुरक्षित गरेको हो ।

टस जितेर मैदानमा उत्रिएको मोर्डन कलेजले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउँदै १ सय ३ रन जोडेको थियो । शतकिय स्कोर खडा गर्ने क्रममा सन्दिप नेपालीले २७, विपुल शर्मा १९ र यश हमालले १८ रन जोड्न सफल भएका थिए ।

खेलको दोस्रो पारीमा १ सय ४ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको जि.भि.एन. कलेज सस्तैमा समेटिएको थियो । जि.भि.एन. का खेलाडीहरु ७३ रनमै बाहिरिएपछि नतिजा मोर्डन कलेजको पक्षमा गएको थियो ।

खेलमा शोम शर्मा, जिभव राना मगर, यश हमाल र शरद चोवेले समान २÷२ विकेट लिएका थिए । प्रतियोगिता अन्तर्गत आज युनाईटेड एकेडेमी नेपालगञ्ज र आदर्श कलेज नेपालगञ्जबिच चौथो सेमिफाईनल खेल हुने आयोजकले जानकारी दिएको छ ।


ताजा समाचार