Loading... आजः शुक्रबार, कार्तिक १४, २०७७

नवराज सिलवाललाई कारबाही गर्न सर्वोच्चको आदेश, सांसद पद के हुन्छ ?


काठमाडौं । नव निर्वाचित संसद एवं तत्कालिन प्रहरी नायव महानिरीक्षक (डिआइजी) नवराज सिलवाललाई सर्वोच्च अदालतले कारबाही गर्न आदेश दिएको छ । नेकपा एमालेबाट निर्वाचित सांसद सिलवाललाई प्रधानन्यायाधीश गोपाल पराजुलीसहित सात जना न्यायाधीशको पूर्ण इजलासले यस्तो आदेश दिइएको हो ।

गृहमन्त्री बन्ने हल्ला चलेका सिलवालले डिआइजी हुदा आफु बढुवा हुने क्रममा पेश गरेको कार्य सम्पादन मुल्याङ्कन कागजात गलत रहेको ठहर गर्दै कारवाही गर्न आदेश दिएको जनाइएको छ । अदालतले कार्वाही गर्न आदेश दिएपछि अव सिलवालको पद के हुन्छ भन्ने संका उव्जिएको छ । तत्कालिन डीआइजी सिलवालले सरकारी कागज किर्ते गरेको भन्दै सर्वोच्वमा मुद्दा परेको थियो ।

सिलवालले सर्वोच्च अदालतमा बढुवाका सन्दर्भमा पेस गरेको कार्य सम्पादन मुल्याङ्कन फारममा अंक फरक पारेको विषयमा अनुसन्धान गरी फरक कार्य सम्पादन मुल्याङ्कन र पेस गर्ने विरुद्ध कारवाही चलाउन सरकारका नाममा आदेश दिएको छ । न्यायाधीशहरु ओम प्रकाश मिश्र, मिरा खड्का, शारदा प्रसाद घिमिरे, केदार प्रसाद चालिसे, पुरुषोत्तम भण्डारी र प्रकाश मानसिंह राउतको पूर्ण इजलाशले सरकारलाई आदेश दिएको हो ।


ताजा समाचार