Loading... आजः आइतवार, मंसिर १४, २०७७
Trending

राजेन्द्र महत्तो अन्ततः एमालेकै लाइनमा यसरी आए


जनकपुर । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महत्तोले अन्तत एमालेकै लाइनमा आएका छन् । धनुषा ३ बाट निर्वाचित सांसद महतोले कांग्रेस डर धम्कीको राजनीतिक गरिरहेको आरोप लगाएउदै एमाले संग नजिकिने प्रयास गरेका छन् । चुनावको समयमा समेत कांग्रेसले यस्तै चरित्र देखाएको कारणले जनताले सबक सिकाएको नेता महतोले बताए ।

जनकपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै महतोले कांग्रेसको चरित्रमा सुधार नआएको अवस्थामा जनताले फेरि पनि यस्तै जवाफ दिने भन्दै सुध्रिन आग्रह गरे । उनले घुमाउरो पारामा एमाले संग नजिकिने संकेत गरे । कांग्रेसबाट कुनै परिवर्तन नहुने उनको जिकिर छ ।

मधेसका जनताले आफ्नो अधिकार चाहेको बताउदै उनले कांग्रेसको डर धम्कीबाट नडराउने बताए । मधेसको मुद्धा कार्यन्वयन गराउन बाम गठबन्धन संग पछिल्लो चरणमा नजिकिने प्रयास गरेका छन् । २ नम्बर प्रदेशमा राजपा र संघिय समाजवादी फोरमको सरकार बन्ने उनले बताए ।


ताजा समाचार