Loading... आजः शनिबार, कार्तिक ८, २०७७

मेरुदण्ड पीडित बम्जनको सहयोगार्थको लागि सास्कृतिक कार्यक्रम

दुबई । प्रगतिशिल कलाकार संघ युएईले आयोजना गरेको मेरुदण्ड पिडित सुरेन्द्र बम्जनको सहयोगार्थ बृहत् सास्कृतिक कार्यक्रम आयोजना गरेको छ।

प्रगतिशिल कलाकार संघ युएईले आयोजना गरेको मेरुदण्ड पिडित सुरेन्द्र बम्जनको सहयोगार्थ बृहत् सास्कृतिक कार्यक्रमका लागि अतिथि कलाकारहरु युएई पुग्नु भएको छ।

चर्चित लोक दोहोरि तथा जनबादी गायक नवीन खड्का, तामाङ चलचित्रका सुपरस्टार तथा निर्देशक अमिर दोङ र कुसल कार्यक्रम सन्चालिका तथा मोडल स्मारिका थिङ हिमालयन एयरलाइन्सको विमान बाट आज बिहान दुबई पुग्नु भएको हो। युएईको दुबई एयरपोर्टमा स्वागत गर्न पुगेका प्रगतिशील कलाकार संघ र कार्यक्रम आयोजक समितिले कलाकारहरुलाई भब्य स्वागत गर्दै कार्यक्रम तयारिको लागि अन्तिम तयारीमा जुटेको कलाकार संघका अध्यक्ष नवीन दोङ तामाङले जानकारी दिनु भएको छ।

भोलि १५ डिसेम्बरका दिन दुबईको देरा स्थित कल्ट्रन टावर होटलमा सम्पन्न हुन लागेको उक्त सास्कृतिक कार्यक्रममा युएईमा कृयाशिल विभिन्न संघ सस्था प्रमुख तथा प्रतिनिधि, ब्यबसायी, पत्रकार, बुद्धिजीवी, कलाकार लगायत युएईबासी सम्पुर्ण नेपालीहरुलाई उपस्थित भई कार्यक्रम भब्य रुपमा सफल पारिदिनको लागि कार्यक्रम आयोजक समितिका तथा संयोजक शम्भु वाईबाले सबैलाई आग्रह गर्नु भएको छ ।

सो आयोजना गरिएको सहयोगार्थ सास्कृतिक कार्यक्रममा मेरुदण्ड पीडित बम्जन लाई सक्दो सहयोग गरिदिन समेत अपिल गर्नु भएको छ।


ताजा समाचार