Loading... आजः बिहिबार, जेष्ठ १८, २०८०
Trending

बाँकेका द्वन्दपिडितका समस्या समाधानमा राज्य उदासिन भएको गुनासो

सरला सुबेदी
मंसिर २८,कोहलपुर । द्वन्दपिडित कार्यक्रम हैन अव हामिलाई न्याय र हक दिलाउने कानुन चाहिएको छ भनेर पिडितहरुले बिहिवार एक कार्यक्रम मा माग गरेका छन् ।

२०५२ सालदेखी हाँसेर न्याय माग्दा पनि राज्यले वास्ता नगरेको बताएका छन् । द्वन्दपीडित एकल महिला संजाल बाँकेले आयोजना गरेको शान्तिका लागि सहयात्रा स्मरण कार्यक्रममा उनिहरुले यस्तो बताएका हुन् ।

सन्जालले बिहिवार कोहलपुरमा महिला अधिकारकर्मी, मानव अधिकारकर्मी,पत्रकार, र सरोकारवाला हरुसंग छलफल गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोहलपुर नगर प्रमुख लुट बहादुर रावतले द्वन्दपिडित परिवारको उचित न्यायको लागी राज्यले आफ्नो ठाउबाट प्रभावकारी कार्यक्रम गर्ला नगर्ला तर आफु यस कोहलपुरको नगरप्रमुखको हैसियतले यस क्षेत्रमा द्वन्दपिडित परिवारहरु कहा के कति छन् त्यसको डाटा संकलन गरेर उपलब्ध गराउन आग्रह गर्दै रावतले अब स्थानिय तह देखी हुने हरेक निति र कार्यक्रममा रहेर पिडित परिवारहरुको लागी व्यवसायमूकल,सिपमुलक र आय आर्जनमुलक कार्यक्रममा समाबेश गरेर द्वन्दपीडितका परिवारलाई अबका दिनमा सङसङै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै महिला तथा बालवािलका कार्यलय बाकेका प्रमुख शोभा शाहले द्वन्दपिडितको समस्या भनेको नै सवैको समस्या रहेको बताईन । द्वन्दपिडितलाई राज्यकले आफ्नो समस्या सम्झेर न्यायको बाटो देखाउनुपर्ने बताइन । राहत परिपुरण द्वन्दपिडितहरुको हक हो जुन राज्यबाट उहाहरुलेव पाउनु पर्छ भन्दै शाहले द्वन्दपीडित महिलाहरुले अव सवेदनशिल भएर अगाडि बढ्नुपर्ने बताइन। यस्तै खजुरा गाउपालिकाका उपाध्यक्ष एकमाया बिकले द्वन्द पिडितको वकालत गर्दा गर्दै आफुले द्वन्दपिडितहरुका लागि अब न्याय दिने ठाउमा पुगेको बताईन ।

बाँकेमा राज्य तथा बिद्रोहि पक्षबाट हाल १४ सय द्वन्दपिडित रहेतापनी दर्ता गरेका ९ सय ४० जना द्वन्दपिडित शहिद र यातना भोगेका रहेका छन् जसमा १ सय २६ जना वेपत्ता भएको तथ्यांक द्वन्दपिडित महिला सन्जालसङ्ग रहेको सन्जालकी अध्यक्ष गोमा थापाले बताएकी छिन् ।कार्यक्रममा एडबोकेसी फोरमका क्षेत्रीय सयोजक बसन्त गौतम,मानव अधिकारकर्मी मुरारी खरेल र द्वन्दपिडित एकल महिला सन्जालकी सस्थापक अध्यक्ष शोभा बिसि र पीडित परिवारका तर्फ बाट पबित्रा रोकाय र देवबहादुर डिसिल लगायतले आ आफ्नो भनाइ राखेका थिए।


ताजा समाचार