Loading... आजः बिहिबार, फाल्गुन १३, २०७७
Trending

नेपालले म्यानमारलाई १३ रनमा अलआउट गर्दै ३३७ रनले हरायो

काठमाडौं । एसीसी अन्डर सिक्सटीन इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा म्यानमारलाई ३३७ रनले हराउदै नेपाल विजयी भएको छ । थाइल्याण्डमा जारी समूह चरणको अन्तिम खेलमा म्यानमारलाई १३ रनमा अल आउट गर्दै नेपालले विशाल जित निकालेको हो ।

थाइल्याण्डमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभमा ६ विकेट गुमाउँदै ३ सय ५० रनको विशाल योगफल जोडेको थियो । जवाफमा ब्याटिंग गरेको म्यानमारले कम्जोर ब्याटिंग गर्दै ११.३ ओभरमा मात्र १३ रन बनाउदा सबै विकेट गुमाएको थियो । यस अघि नेपालले २००६ मासम्पन्न एसीसी ट्रफीमा पनि १० रन जोड्दा म्यानमारलाई अलआउट गरी ११ रनको लक्ष्य २ बलमा भेटाएर विश्व रेकार्ड राखेको छ ।

म्यानमारलाई लज्जास्पद स्कोरमा समेट्न नेपाली बलर नारायण जोशी र मेख बहादुर सेनले ४ र ४ विकेट हात पारेका थिए । नारायणले ३ ओभरमा २ मेडन ओभर सहित मात्र १ रन खर्चिए भने मेखले ३ ओभरमा ४ रन दिए । म्यानमारको लागि १० औं नम्बरमा ब्याटिंग गरेका हिन टेट अंगले १८ बल खेलेर बनाएको ३ रन सर्बा्धिक स्कोर बनेको थियो । ७ जना म्यानमार ब्याट्सम्यानहरु खाता समेत खोल्न सकेनन् भने अन्य ३ जना ब्याट्सम्यानहरुले १ रन मात्रै बनाउन सके । नेपालले ६ वटा वाइड र एउटा लेग बाईको रुपमा जम्मा दिएको ७ अतिरिक्त रन म्यानमारको स्कोरमा ठुलो योगदान बन्यो ।

समूह विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको नेपालका लागि रित गौतमले अविजित सतकीय पारी खेले । गौतमले अन्डर सिक्सटिन उमेर समूहमा सतक बनाउने पहिलो खेलाडी समेत बनेका छन् । गौतमले ७८ बलको सामना गरेका गौतमले १२ चौकको मद्दतमा व्यक्तिगत १ सय ६ रन जोड्न सफल भएका थिए । अब नेपालले फाइनल प्रवेशका लागि मलेशियासँग आइतवार प्रतिस्पर्धा गर्ने छ ।


ताजा समाचार