Loading... आजः आइतवार, कार्तिक ९, २०७७

काँग्रेस र माओबादी मिलेर सरकार बनाउन सकिने गणीत यसरी लिक भएपछी कांग्रेसमा खुशियाली !


काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनलाई देशभरबाट सरकार गठनको ‘जनादेश’ प्राप्त भएको छ । निर्वाचनमा गठबन्धन र त्यसपछि पार्टी एकता गर्ने सहमतिका साथ एमाले र माओवादी मिलेर वाम गठबन्धन बनाए । निर्वाचन सकियो र दुवै दलको सोचेजस्तै परिणाम आयो ।

वाम गठबन्धनको पक्षमा देखिएको जनलहरले नेपालीले स्थायित्व र समृद्धि चाहेको र त्यसका लागि स्थायी सरकार बनाउन, एउटै कम्युनिष्ट केन्द्र बनाउन जनताले दिएको जनादेशको रुपमा बुझ्दा फरक नपर्ला । तर, प्रतिनिध तथा प्रदेशसभा निर्वाचनमा ठूलो शक्ति बनेको एमालेले आफ्नो दम्भ थाम्न सक्छ कि सक्दैन भन्ने कुरा नै सरकार निर्माण र पार्टी एकताको आधार हो ।

प्रतिनिधिसभातर्फ ८० सिट जितेको एमालेले समानुपातिकमा पनि राम्रै सिट ल्याउने पक्का छ । उसले ३५ प्लस सिट ल्याएको खण्डमा एमालेको कुल सिट संख्या ११५ प्लस हुन्छ । तर, यो बुहमतका लागि काफी भने छैन । बहुमत पुर्याएर एक्लै सरकार चलाउन १३८ सिट आवश्यक पर्छ । त्यसैले माओवादीलाई साथ नलिनुको एमालेसँग अर्को विकल्प छैन । तर, एमालेले सरकार र पार्टीमा माओवादी र उसका नेतालाई कुन हैसियतका साथ स्वकीकार्छ भन्ने अहिलेको मुल प्रश्न हो ।

यदि उसले हेपाहा प्रवृद्धि र दम्भ देखाउने हो भने माओवादी एमालेसँगको सहमतिबाट पछि हट्छ सक्छ । जुन एमालेका लागि घातक सावित हुने निश्चित छ । स्थिर सरकार र आर्थिक समृद्धिको सम्भावना बामगठबन्धनकै नेतृत्वबाट सम्भव छ भन्ने कुरा जनताले बुझिसकेका छन् र एमाले र माओवदीले पनि बुझेर गठबन्धन गरेकाले कुनै शक्तिले पनि सरकार बनाउनबाट बन्चित गर्न सक्नेवाला छैन । एमाले र माओवादीको गठबन्धन टुट्ला र आफु सरकार चलाउला भनि काँग्रेसले आश गर्नु व्यकार छ ।

एमालेबिना यसरी बन्न सक्छ सरकार

अहिले कुनै पनि दललाई बहुमत प्राप्त नभएकाले मिलिजुली सरकारको बिकल्प छैन । त्यसो त कांग्रेस र एमाले मिलेमा दुई तिहाई नै पुग्छ तर, त्यो सम्भव छैन । त्यसैले एमाले–माओवादी बाहेकको सरकारको बिकल्प खोजिन्छ भने त्यो हो कांग्रेस–माओवादी र मधेसवादी दलको संयुक्त सरकार । प्रतिनिधिसभातर्फ कांग्रेसले २३ सिट जितेको छ । समानुपातिकमा कांग्रेसको एमाले बराबर सिट आउने देखिन्छ । अर्थात, ३५ प्लस । सरसर्ती हेर्दा कांग्रेसको ६० सिट पुग्ने देखिएको छ ।

माओवादीको प्रतिनिधिसभातर्फ ३६ सिट छ । समानुपातिकमा उसको १५ सिट आउने निश्चित नै छ । यसरी उसको ५० प्लस सिट संख्या हुन्छ । सरकार गठनका लागि आवश्यक १३८ सिट यी दुई पार्टी मिलेपनि पुदैन । तर, मधेसवादी दलहरु यदि कांग्रेस–माओवादी मिलेमा उनीहरुसँगै आउने पक्का छ । यसो गर्दा समाजवादी फोरमको र राजपाको ११ सिट प्रतिनिभिसभामा छ । दुवैले थ्रेस होल्डसमेत कटाइसकेका छन् ।

यसरी यी दुईको जोड्दा करिब २८ वा २९ सिट हुन आउँछ भने कांग्रेस–माओवादीको जोड्दा ११० प्लस हुन्छ । उनीहरु मिलेमा १३८ मज्जाले पुग्छ ।  तर बाम गठबन्धनको सरकार बन्नेमा कुनै संका छैन ।

कान्तिपुर प्लसबाट


ताजा समाचार