Loading... आजः आइतवार, मंसिर १४, २०७७
Trending

धन्यवाद दिन गाउँँ पुगे जाजरकोटका नवनिर्वाचित जनप्रतिनिधि, जनातको भव्य स्वागत


जाजरकोट । जाजरकोटबाट निर्वाचित प्रतिनिधि तथ प्रदेशसभाका सदस्यहरु जनतालाई धन्यवाद दिन गाउँ गाँउ पुगेका छन् । जनप्रतिनिधिहरु आफुलाई भोट हालेर विजय गराउने जनतालाई धन्यावाद दिदै गाउँ गाउँ पुगेका हुन् । निर्वाचित भईसकेपछि गाउँ नजाने परिपाटिलाई अन्त्य गर्दै बाम गठबन्धनका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरु गाउँ पुगेपछि जनताले खुसि व्यक्त गरेका छन् । जिते लगत्तै आफ्नै घर आँगनमा भेट्न सांसदहरु पुगेपछि जनातले भव्य स्वागत गरका छन् ।

जनप्रतिनिधि र बाम गठबन्धनका नेताहरुलाई जनताको घरदैलोमा पुगरे धन्यवाद दिन र जनताको स्वागत ग्रहण गर्न भ्याई नभ्याई छ । प्रतिनिधि सभा सदस्यमा निर्वाचित पुर्व गृहमन्त्री शक्ति बहादुर बस्नेत, प्रदेश सभा १ बाट निर्वाचित गणेश प्रसाद सिंह र प्रदेश सभा २ बाट निर्वाचित करविर शाही जनतालाई धन्यवाद दिदै उनिहरुका मागलाई सम्बोधन गर्ने प्रतिवद्धताहरु व्यक्त गरेका छन् ।

जिल्लाका सात वटै स्थानिय तहमा पुगेर जनतालाई धन्यावद दिने र भेटघाट गर्ने कार्यक्रम बाम गठबन्धनले तय गरेको छ । जनताहरुले जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गर्दै आफ्ना थुप्रै मागहरु राख्ने गरेका छन् । उनिहरुले विशेष गरी शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका आधारभुत कुरालाई तत्काल सम्बोधन गर्न माग गरेका छन् । त्यस्तै आफ्नो गाउँमा छिटो भन्दा छिटो सडक सञ्जालले जोड्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

 

गाउँमा विद्युत र पायक पर्ने ठाउँमा प्राविधिक शिक्षालय र भरपर्दो स्वास्थ्य संस्थाको समेत माग गरेका छन् । पश्चिमका जनाताले छेडागाडको थलहमा भएको धन्यवाद दिने कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरुलाई ज्ञापन पत्र बुझाएर आफ्ना बिभिन्न माग राख्दै चुनावमा गरेका वाचाहरु पुरा गर्न आग्रह गरेका छन् । अहिले निर्वाचित प्रतिनिधिहरुबाट जनताले थुप्रै विश्वास र भरोसा गरेकोले चुनावको वेला गरेका सवै प्रतिवद्धताहरु पुरा गर्न आग्रह गरेका हुन् ।

निर्वाचित सांसदहरुले आफुले गर्ने राम्रो काममा साथ दिन र जनताको पक्षमा खवरदारी गर्न जनतालाई सुझाव दिए । यो प्रदेशमा प्रतिपक्ष नभएकाले प्रतिपक्षको भुमिका निर्वाह गरिदिन सांसदले जनतालाई आग्रह समेत गरेका छन् । पुर्व गृहमन्त्री तथा प्रतिनिधी सभा सदस्य शक्तिवहादुर वस्नेतले अव समृद्ध जिल्ला वनाउने अवसर प्राप्त भएको भन्दै त्यसमा सवै लाग्न अनुरोध गर्नुभयो । जाजरकोटको परिचय वदल्ने र यहाँको रोग, भोग र अभावको अन्त्य गरेरै छाड्ने जाजरकोटका तिन वटै सांसदले प्रतिवद्धता व्यक्त गरेका छन् ।।


ताजा समाचार