Loading... आजः बुधबार, मंसिर १७, २०७७
Trending

कसरी जल्यो राष्ट्र बैंकमा करिव ४ खर्ब रुपैयाँ, घटना यस्तो छ !


काठमडौं । नेपालमा कागजी नोट सुरु भएको ७२ वर्षमा नेपाल राष्ट्र बैंकले ३ खर्ब ६१ अर्ब ४० करोड ४१ लाख रुपैयाँबराबरका नोटहरू जलाएको छ । चलनचल्तीमा रहेका कागजी नोटको सरदर आयु २ देखि ५ वर्षसम्म रहने राष्ट्र बैंकको भनाइ छ ।

आर्थिक वर्ष ०७३÷७४ मा मात्र विभिन्न दरका २५ अर्ब ७५ करोड ४२ लाख बराबरका नोट जलाएको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले झुत्रा, मैला र च्यातिएका तथा चलनचल्तीमा पठाउन अयोग्य नोटहरू फिर्ता ल्याएर जलाउने गर्छ ।

बैंक तथा वित्तीय संस्थाहरू एवं सर्वसाधारणसँग रहेका झुत्रा, मैला र च्यातिएका तथा चलनचल्तीमा पठाउन अयोग्य नोटहरू आफ्नो नोटकोषमार्फत फिर्ता ल्याएर समय–समयमा जलाउने गरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले बताए । उनका अनुसार साना मूल्यका नोटको आयु सरदर २ वर्ष र ठूला मूल्यका नोटको आयु सरदर ५ वर्ष हुन्छ ।

स्रोतः नयाँपत्रिका


ताजा समाचार