Loading... आजः बुधबार, मंसिर १७, २०७७
Trending

समानुपातिकतर्फ पनि कांग्रेसलाई धक्का

दोलखा । प्रदेश ३ दोलखाको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ नेकपा एमाले पहिलो बनेको छ ।

प्रतिनिधिसभातर्फ एमालेले ३८ हजार ७ सय २० र प्रदेशसभातर्फ ३५ हजार ५ सय ७४ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभातर्फ क्रमशः २० हजार ८ सय ३८ र १८ हजार ६ सय ११ मत प्राप्त गरी दोश्रो स्थानमा पुगेको छ ।

तेश्रो स्थानमा रहेको माओवादी केन्द्रले प्रतिनिधिसभामा १४ हजार ५ सय २८ र प्रदेश सभामा १५ हजार ४ सय ३७ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक०) र नेकपा माले क्रमशः चौथो र पाँचौ पार्टी बनेका छन् । उनीहरुले प्रतिनिधि र प्रदेशसभातर्फ क्रमशः १ हजार २ सय ५२ र १ हजार १ सय ३७ तथा ९ सय ८७ र ९ सय ८९ मत प्राप्त गरेका छन ।

समानुपातिकमा प्रतिनिधि र प्रदेश दुवै सभाका लागि बराबर तथा ८८ हजार २ सय ७४ का दरले मत खसेको थियो । दोलखामा प्रतिनिधिसभा निर्वाचनमा ४९ र प्रदेशसभा निर्वाचनमा ३१ दलले भाग लिएका थिए ।


ताजा समाचार