Loading... आजः सोमवार, फाल्गुन १७, २०७७
Trending

अनुसन्धान गरेर मात्रै प्रश्नहरु सोध्न नेपाल मेडिकल काउन्सिललाई पुष्पमणिको आग्रह

काठ्माण्डै | नेपाल मेडिकल काउन्सिल चुनावमा उपाध्यक्षको उम्मेदवार समेत रहनु भएका डा.पुष्पमणि खरालले अनुसन्धान गरेर मात्रै प्रश्नहरु सोध्न नेपाल मेडिकल काउन्सिललाई सुझाव दिएका छन् |

अन्धाधुन्ध प्रश्न सोधिएको भन्दै धेरै चिकित्सकहरुले विरोध गर्दै आएको अवस्थामा उहाँको धारणा सार्वजनिक भएको हो | नेपाल मेडिकल काउन्सिलले अब अग्रसरता लिइ विशेष अनुसन्धान गरि व्यवहारिक प्रश्न सोध्नुपर्ने बताए |

विदेशमा पढेका डाक्टरहरु गुणस्तरहिन हुन्छन् भन्ने काउन्सिल अध्यक्ष प्रा.डा. धर्मकान्त बास्कोटाको भनाइबारे उनि सहमत छैनन् |काउन्सिल परिक्षाले डाक्टरको गुणस्तर निर्धारण गर्दैन | विदेश पढ्न जाँदा नेपालको प्रवेश परिक्षा लिने कुरामा भने उनले जोड दिए | यस्तै उनले पास भइ नेपालमा कार्यरत डाक्टरहरुको गुणस्तर अनुगमनका लागि क्रेडिट अंकका आधारण निर्धारण गर्नुपर्ने बताए |


ताजा समाचार