Loading... आजः बिहिबार, जेष्ठ १८, २०८०
Trending

सुनसरी ३ मा काँग्रेसका बिजय गच्छदार बिजयी, भगवतीलाई यसरी हराइयो


सुनसरी । एमालेकी भगवति चौधरीलाई हराउदै सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजय गच्छदार विजयी भएका छन् ।

भर्खरै सम्पन्न मतगणना अनुसार गच्छदारले चौधरीलाई ३२१ मतले पराजित गरेका हुन् । गच्छदारले ३८९७२ मत ल्याउन सफल भए भने चौधरीले ३८६५१ मत ल्याएकी थिइन् । मतगणनाका क्रममा यहाँ पटक पटक विवाद भएको थियो ।

एमालेले यहाँ निर्वाचन अधिकृतले गच्छदारलाई जिताउन गणनाका क्रममा धाँधली गरेको आरोप लागेको छ । सुरुवाती चरणदेखि अग्रता लिँदै आएको भएपनि मत गणनाको अन्तिमतिर आइपुग्दा चौधरी पछाडि परेकी थिइन् ।


ताजा समाचार