Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

खोजमुलक समचारमा सम्प्रेसन गर्न बस्नेतको आग्रह

बिनोद घर्ती
जाजरकोट २६ मंसिर । नेपाल सरकारका पृर्ब गृह मन्त्री तथा जाजरकोट प्रतिनिधि सभाका सदस्य शक्ति बहादुर बस्नेतले जाजरकोटका पत्रकारहरुलाइ खोजमुलक समचारमा सम्प्रेसन गर्न आग्रह गरेका छन । जाजरकोटमा धार्मिक तथा पर्यटन स्थानहरुको पहिचान गरि सबैलाइ खोजमुलक समचारको सम्प्रेसन गर्न हाग्रह गरे ।

जाजरकोट म‌ंगलबार सदरमुकाम खलंगामा प्रेस चौतारी जाजरकोट र प्रेस सेन्टर जाजरकोटले सयुक्त रुपमा गरेको शुभकामना आदान प्रदान तथा नव निर्वाचित जनप्रतिनिधि हरुलाइ सम्मान कार्यक्रमको आयोजनालाइ सम्बोधन गर्दै बस्नेतले यस्तो बताएका हुन । जाजरकोटका ७ वटै स्थानीय तहमा विद्युत, खानेपानी, यातायात, स्वास्थ्य, सञ्चार जस्ता आवश्यक्ता र समस्यालाई एकवर्ष भित्रै निमिट्यान्न पार्ने बताएका छन् । जसका लागि आमसञ्चारमा आवद्ध पत्रकार एवं सञ्चारकर्मीहरुलाई आफूहरुले गरेका काम, कारवाहीलाई सघाउन समेत आग्रह गरेका छन् ।

जाजरकोटको पत्रकारिता क्षेत्रलाइ जिल्लाको कृषि पर्यटन बिकासे कामको क्षेत्रमा बिशेष ध्यान दिन आफुले पनि जाजरकोटका पत्रकारहरुको सुझाब अनुसारको काम गर्ने प्रतिबद्धता ब्यक्त गरे । त्यस्तै जाजरकोट प्रदेश सभा क का सदस्य गणेश प्रसाद सिंहले जाजरकोटि जनताले गरेको त्याग र बलिदान ले पाएको यो अवसर प्रति आफु सधै लागि पर्ने र देशमा संविधान कार्यानवनको चरणमा रहेकोले स्थानिय सरकारसंग समन्वय गरेर जनतासंग गरेका कामहरु सकारातमक कामको प्रचारप्रचार गर्न र कमजोरिमा सुझाब दिन आग्रह गरे । सिंहले जाजरकोटी जनताले र जाजरकोटका पत्रकार हरुले गरेको कामले आफु प्रदेश सभाको सदस्य भएकोले जनता र पत्रकार हरुको सल्लाह सुझाबलाइ मनन गरि अगाडि बढने प्रतिबद्धता ब्यक्त गरे ।

उता प्रदेश सभा ख का प्रदेश सभा सदस्य करबिर शाहिले जाजरकोटका पश्चिम क्षेत्र आफैमा सञ्चार सुचनाको हकमा पछाडि परेकोले जाजरकोटका पत्रकारहरुले त्यो क्षेत्रमा रहेका धार्मिक पर्यटन क्षेत्रलाइ प्रचार प्रसारमा ध्यान दिन आग्रह गरे पत्रकारको हकहितमा पत्रकार हुनुको पिडा र दायित्व लाइ आफुले गम्भीर भएकोले आगामि दिनमा पत्रकार साथिहरुसंग समन्वय गरि अगाडि बढ्ने र जाजरकोटको बिकासे गतिबिधिमा सुधार हुने शाहिले बताए ।

आफनो ५ बर्षे कार्यकालमा जाजरकोटी जनताको सल्लाह सुझाब अनुसार अगाडी बढ्ने शाहिले प्रतिबद्धता ब्यक्त गरे । प्रेस सेन्टर नेपाल जाजरकोटका अध्यक्ष हेमन्त केसीको स्वागत मन्तब्य बाट सुरुभएको कार्यक्रम्मा पृर्व शान्ती मन्त्री सत्या पहाडी भेरि नगरपालिकाकी उपप्रमुख भावना भण्डारी, नेपाल पत्रकार महासंघ जाजरकोटका कोषाध्यक्ष दिप बहादुर घर्ती, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष बिर बहादुर गिरी, कृयाशिल पत्रकार मंञ्चका केन्द्रीय महासचिव दिपक कुमार बुढा क्षेत्रि लगाएत जाजरकोटका बिभिन्न संगठनका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थीती रहेको थियो कार्यक्रमको सअचालन प्रेस चौतारी जाजरकोटका सचिव भरत शर्माले गरेका थिए ।


ताजा समाचार