Loading... आजः सोमवार, कार्तिक १०, २०७७

अधिकार प्राप्तीका लागी महिलाहरु जागरुक हुन जरुरी छ : पुर्व मन्त्री पहाडी

जाजरकोट । पुर्व मन्त्री सत्या पहाडीले अधिकार प्राप्तीका लागी महिलाहरु आफै जागरुक हुनुपर्ने बताउनुभएको छ । महिलाहरु अझै पनि चुलो र चौकोमा सीमीत हुने हो भने हक र अधिकार प्राप्त नहुने भन्दै उहाँले सबै महिलाहरु जागरुक हुनुपर्ने बताउनुभएको हो ।

अन्तरपार्टी महिला सञ्जाल जाजरकोटले गरेको नव निर्वाचीत प्रदेश तथा प्रतिनिधि सभा सदस्यहरुलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै पुर्व शान्ति मन्त्रि पहाडीले यस्तो बताउनु भएको हो । हाम्रो समाजमा अहिले पनि महिलाहरुको नेतृत्व स्वीकार्ने कुरामा समस्या भएको मन्त्री पहाडीको भनाई छ ।

राजनितिक उपलब्धि लिने बेलामा महिलाहरुलाई चुलो र चौकोमा सिमित गरिने सामन्तवादी सोचको विरुद्ध सबैले हातेमालो गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

जबसम्म राज्यका हरेक निकायमा महिलाहरुको उपस्थिती हुदैन तब सम्म समाज विकास क्रममा त्यसले पुर्णता लिन नसक्ने उहाँको तर्क छ । उहाँले भन्नुभयो जाजरकोटी महिलाहरु नेतृत्व लिन सक्षम छौ जस्तोसुकै जिम्मेवारी दिएपनि कुशलता पुर्वक निर्वाह गर्न सक्छौ । राजनितिक, आर्थिक र सामाजिक अधिकार बाट महिलाहरुलाई बञ्चित गर्न नहुने उहाँको भनाई छ ।


ताजा समाचार