Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

बुम अन्तर-क्याम्पस क्रिकेट प्रतियोगिता कोहलपुरमा शुरु

कोहलपुर । कोहलपुरमा मंगलबारदेखी संचालन भएको बुम अन्तर-क्याम्पस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा जि.भि.एन. कलेज नेपालगञ्ज बिजयी भएको छ ।

प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा युनाईटेड युनियनलाई ५ विकेटले पराजित गर्दै जिभिएनले खाता खोल्न सफल भएको हो । टस जितेर पहिले मैदानमा उत्रिएको युनाईटेडले निर्धारित १५ ओभरमा सबै विकेट गुमाउँदै ८० रन जोड्न सफल भएको थियो ।

८१ रनको लक्ष्य पछ्याउँदै मौदानमा उत्रिएको जि.भि.एन. कलेजले १२ ओभरमै लक्ष्य हासिल गर्दै नजिता आफ्नो पक्षमा पार्न सफल भएको हो । टिमलाई जिताउने क्रममा जि.भि.एन. का जिवन राना मगरले २४ रन जोडेका थिए ।

खेलमा सर्वाधिक २४ रन जोड्नुका अलावा ३ विकेट लिएका मगरलाई म्यान अफ द म्याच घोषित गरिएको थियो ।

प्रतियोगिता अन्तर्गत भोली मोर्डन कलेजले भृकुटी कलेज नेपालगञ्जको सामना गर्ने आयोजक मध्यपशिच्म क्रिकेट क्लबले जनाएको छ ।


ताजा समाचार