Loading... आजः आइतवार, अशोज ३, २०७८

प्रहरीले भन्यो विजेता रेशम चौधरीलाई जहाँ भेटे पनि समात्छौँ’

कैलाली । टिकापुर हत्याकाण्डका ‘फरार अभियुक्त’ रेशम चौधरीले नेपाल–भारत सीमानामा बसेर निर्वाचन परिचालन मात्रै गरेनन्, विपक्षीलाई करिब २१ हजार मतान्तरले पछार्दै सिंहदरबारको यात्रा तय गरेका छन् ।

कैलाली–१ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित चौधरीले बाम गठबन्धनका उम्मेद्वार गरिमा शाहलाई पराजित गर्दै, विजयको सगरमाथा त चुमे, तर उनको सिंहदरबारको यात्रा भने महंगो पर्ने देखिएको छ ।

२०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित ८ प्रहरी र एक नावालक हत्या अभियोग लागेका चौधरी त्यतिबेला देखि नै नेपाल प्रहरीको फरार अपराधी हुन् । उक्त घटनामा संलग्न अन्य २५ जनालाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाईसकेको छ, उनीहरु हाल जेलमा छन् । प्रहरीले चुनाव जितेपनी रेशमलाई पक्राउ गरेर अदालत बुझाउने बताएको छ । नेपाल प्रहरीका प्रवक्ता डिआईजी मनोज न्यौपानेले भने, ‘कानुनतः, रेशम चौधरी पक्राउ परेर अदालत पेश गर्नुपर्ने व्यक्ति हुन्, भेटेको ठाउँमा जहाँ पनि समातेर अदालत पेश गर्छौँ ।’

प्रहरीले आँखामा पर्ना साथ समात्ने चेतावनी दिएसँगै रेशमलाई प्रमाणपत्र लिनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीमा उपस्थित हुन समेत समस्या भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख ९एसपी० विनोद घिमिरेका अनुसार ‘टिकापुर हत्याकाण्ड’को फरार सूचिमा रेशमको नाम पहिलो नम्बरमा छ । रेशमले चुनाव जित्नु नजित्नुसँग आफ्नो सरोकार नभएको बताउँछन् एसपी घिमिरे ।

‘रेशम हाम्रो हाम्रो रेकर्डमा फरार अपराधी हो, अरु फरार अपराधीलाई जे गर्र्छौँ रेशम चौधरीलाई पनि त्यही गर्छौँ,’ एसपी घिमिरेले भने, ‘प्रमाणपत्र लिन आउँदा मात्र हैन, कतै छ भन्ने सुराकी पाएमा छापा मारेर भए पनि पक्राउ गर्छौं ।’

राष्ट्रिय जनता पार्टीको झण्डा लिएर चुनाव लडेका चौधरीको घरमा आन्दोलनका क्रममा क्षति पुगेको भन्दै सरकारले क्षतिपुर्ति समेत दिएको थियो ।

रातोपाटीबाट


ताजा समाचार