Loading... आजः बिहिबार, मंसिर ११, २०७७
Trending

अफ्गानले भारतसँग टेस्ट म्याच खेल्ने

दिल्ली । अफगानिस्तानले पहिलो टेस्ट भारतसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट पूर्ण सदस्य राष्ट्रको मान्यता पाएको अफगानिस्तानले सन् २०१९ देखि टेस्ट खेल्न पाउने छ ।

त्यो पहिलो टेस्ट भारतसँग खेल्ने भएको हो । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले भविष्यको खेलतालिका सार्वजनिक गर्दै अफगानसँगको टेस्ट सिरिज खेल्ने जनाएको हो । भारतले २०१९–२०२३ सम्म सबै संरचनामा गरी घरेलु मैदानमा ८१ म्याच खेल्नेछ । अफगानिस्तानको ऐतिहासिक भ्रमणबारे बोर्डले मिति भने तोकेको छैन ।

आईसीसीले जुनमा अफगानिस्तान र आयरल्यान्डलाई टेस्ट मान्यता दिएको थियो । ‘अफगानिस्तानले २०१९ मा अस्ट्रेलियासँग पहिलो टेस्ट खेल्ने कार्यक्रम थियो । तर भारत र अफगानको ऐतिहासिक सम्बन्ध मध्यनजर गर्दै हामीले खेल्ने निर्णय गरेका हौं,’ बीसीसीआईले भनेको छ ।


ताजा समाचार